शुक्रबार, १४ वैशाख २०८१

जब प्रियंकाले निकलाई पूर्वप्रेमिकासँग ‘च्याट’ गरिरहेको भेटिन्

समयपोष्ट २०७५ चैत १ गते १५:०५

Advertisement

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनस फेरी चर्चामा आएका छन् । उनीहरु अहिले चर्चामा आउनुको मुख्य कारण निककी पुर्व प्रेमिका माइली साइरस हुन् ।

माइलीले केहि दिन अगाडि निकलाई इन्स्टाग्राममा एउटा तस्बिर पठाइन् । फोटो माइली र उनकी बहिनीको थियो । तस्बिरमा माइलीले जोनसको तस्बिर भएको टिसर्ट लगाएकी छिन् । त्यसपछि उनले निकले दिएको रिप्लाईसहितको स्क्रिनसट फेरि अपलोड गरिन् । फोटो सेयर गर्दै माइलीले लेखिन्,‘तपाईको पूर्वप्रेमीलाई थाहा होस् कि पुरानो फोटो हट थियो’ भनेर ।

फोटोको कमेन्टमा निकले ‘यो तस्बिर निकै हट छ’ भनेर लेखे । जब यो सबै प्रियंकाले देखिन् उनले पनि फोटोमा कमेन्ट गर्दै लेखिन्, ‘हाहाहा… ‘हबी’ सहि हो । यो फोेटो वास्तवमै हट छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री