शनिबार, १५ वैशाख २०८१

गोमेजसंगको ब्रेकअपपछि गायक बिबर डिप्रेशनमा

समयपोष्ट २०७५ फागुन ३० गते १६:०१

Advertisement

क्यानडाका चर्चित गायक जस्टिन बिबर डिप्रेशनमा परेका छन् । २६ वर्षीय गायकले इस्टाग्राम मार्फत सो कुरा सार्वजनिक गरेका हुन् । उनले आफुले निकै फरक र एक्लो महसुस गरिरहेको बताएका छन् ।

उनले आफु डिप्रेशनका कारण निकै समस्या रहेको र यसबाट छुटकारा पाउन संघर्ष गरिरहेको बताएका छन् । उनले लेखेका छन्, ‘यो कुरा यहाँहरुमाझ राख्दा मेरा लागि प्रार्थना गर्नु हुनेछ भनेर भनेको हुँ । मलाई भगवानमा विश्वास छ त्यसैले तपाईंहरुको प्रार्थनाले काम गर्नेछ ।’

यसअघि चर्चित गायिका सेलेना गोमेजसँगको प्रेम सम्बन्ध टुटेपछि उनी डिप्रेशनमा गएको समाचार बाहिर आएको थियो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री