बिहीबार, १३ वैशाख २०८१

जोनसको गीत बिलबोर्डको १ नम्बरमा परेपछि प्रियंकालाई कार उपहार

समयपोष्ट २०७५ फागुन ३० गते १५:५२

Advertisement

अमेरिकी पप गायक निक जोनसको म्यूजिक भिडियो एल्बम ‘सकर’ बिलबोर्डको हट १०० गीतहरुको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको छ ।

जोनसले भर्खरैमात्र उनका दाजु र भाइहरुसँग मिलेर बनाएको उक्त म्यूजिक भिडियो पहिलो नम्बरमा पर्न सफल भएको भन्देै बलिउड नायिका एवं जोनस पत्नी प्रियंका चोपडाले सामाजिक सञ्जाल ट्विटरमा खुसि सेयर गरेकी छिन् ।

प्रियंकाले ट्वीटमा लेखेकी छिन्, ‘जोनस ब्रदर्सको म्यूजिक भिडियो एल्बम ‘सकर’ बिलबोर्डको हट १०० गीतहरुको सूचीमा पहिलो नम्बरमा परेको छ । योभन्दा बढी गर्वको कुरा अरु हुन सक्दैन ।’ निक जोनसले पनि एल्बमको सफलताको खुशीमा प्रियंका चोपडालाई निकै नै महंगो कार उपहार स्वरुप दिएका छन् ।

निकले प्रियंका चोपडालाई लगभग १७ करोड रुपैयाँ मूल्य पर्ने मर्सि्डिज कार दिएका हुन् । प्रियंका चोपडाले उक्त कारसँगै पति निक जोनसका साथ तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । प्रियंकाले लेखेकी छिन्, ‘जब पति नम्बर १ बन्न सफल हुन्छन्, तब पत्नीलाई उपहारको रुपमा कार प्राप्त हुन्छ ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री