शुक्रबार, ७ वैशाख २०८१

टोयोटाको ‘रस टु मुस्ताङ’ यात्रा सम्पन्न

समयपोष्ट २०७५ फागुन २७ गते १९:१८

Advertisement

टोयोटाले ६ दिनमा मुस्ताङ यात्रा भन्दै ‘रस टु मुस्ताङ’ सम्पन्न गरेको छ । ७ वटा रस एसयूभीद्वारा गरिएको ६ दिन लामो मुस्ताङ यात्राले टोयोटाको विस्वसनियतामा टेवा पुगेको कम्पनीले बताएको छ । फरक प्रकारका भौगोलिक अवस्थिति, धरातल र सडकहरु पार गर्दै मुस्ताङसम्मको यात्रा पुरा गरिएको कम्पनीले बताएको छ । फागुन २० बाट काठमाडौबाट शुरु भएको यात्रा फागुन २६ गते पोखरामा टुंगिएको थियो ।

टोयोटाको नयाँ एसयूभी रसले खराव पहाडि सडकमा पनि कुनै समस्या र रोकावटबीना यात्रा पुरा गर्न सक्छ भन्ने प्रमाणित गर्न यो यात्रा गरिएको थियो । टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेड सिण्डिकेटका सदस्य र विभिन्न मिडियाकर्मिहरुको संयुक्त सहभागितामा यो यात्रा सफलतापूर्वक सम्पन्न भएको थियो ।

रस टु मुस्ताङमा सहभागी टोलीले टोयोटाको पोखरा स्थित डिलर अटो ओयजको शोरुम बाट पुन ¥यालीको आयोजना गरेका थिए । उक्त र्यालीमा पोखरास्थित टोयोटाका ग्राहक र मोटरका शौखिन अन्यग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त र्याली आयोजनापश्चात १५ टोयोटा रस गाडिको बुकिङ पनि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री