शनिबार, १५ वैशाख २०८१

फत्तेपुरमा एनआईसी एशिया बैंकको नयाँ शाखा

समयपोष्ट २०७५ फागुन २७ गते १८:२१

Advertisement

एन आई सी एशिया बैंकले सप्तरीको सप्तकोशी नगरपालिका वडा नं १ फत्तेपुरमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

शाखाको उद्घाटन गर्दै सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माज्ले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री