
इथोपियामा आइतबार भएको विमान दुर्घटनाबाट एक नेपाली जोगिएका छन् । टिकटमा भएको ढिलाइका कारण उक्त विमानमा केन्या जाने तयारीमा रहेका साझा फाउण्डेशनका अध्यक्ष जितेन्द्र जीसी दुर्घटनाबाट जोगिएका हुन् ।
जिसीले फेसबुकमा कार्यक्रमका लागि प्राप्त टिकटका अनुसार आफू उक्त बिमानमा हुनुपर्ने उल्लेख गर्दै आफू नेपालमै रहेको र ठिक रहेको बताएका छन् । साथै आफ्नो टिकटमा गरिदिएको ढिलाइका कारण उनले सुष्मा दाहाल पोख्रेललाई पनि धन्यवाद दिएका छन् ।
उनले लेखेका छन्, ’म नेपाल मै छु, ठीक छु । कार्यक्रमको तालिका र प्राप्त टिकट अनुसार मपनि यो विमानमा हुनुपर्ने थियो । म आफ्नै कारणले ‘लास्ट आवर’मा आयोजकलाई जानकारी गराएको थिए । जब त्यो तालिका, विमान र मलाई प्राप्त टिकट हेरे अनि सम्झिए म अर्को पटक बाँचे । साथमा दान मामा होइसिन्थ्यो । फेरि ढाडस दिँदै केही आफन्त र शुभेच्छुकहरुले गर्नुभएको म्यासेज र चासोका लागी कृतज्ञता प्रकट गर्छु । जानु पर्ने तर, गैइएन भनेर माधव नेपाल ज्यूलाई जानकारी थियो । सुष्मा दाहाल पोख्रेलजीले टिकटमा गरिदिएको ढिलाई पनि धन्यवाद लायक रह्यो ।’
https://www.facebook.com/jitenjee/posts/2228207710535257
तर सोही बिमान दुर्घटनामा परि गोरखाकी एकता अधिकारीको भने मृत्यु भएको छ । उनी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत रहेको बताइएको छ । अधिकारी आइतबार डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन विमानमार्फत नैरोबी जादै थिइन् ।
एकता २ वर्ष अघिसम्म नेपालकै विश्व खाद्य कार्यक्रमसम्बद्ध रहेर काठमाडौंमा कार्यरत थिइन् । विशेषतः नेपालमा आएको २०७२ को भूकम्पपछिको विपतको स्थितिमा एकता विश्व खाद्य कार्यक्रमको ‘आपतकालीन राहत कार्यक्रम’मा संलग्न थिइन् ।
डब्लूएफपीका कार्यकारी निर्देशक डेविड बास्लेले पनि आफ्ना कर्मचारी दुर्घटनामा परेको पुष्टि गरेका छन् ।
राजधानी अदिस अबाबाबाट केन्याको नौरोवीतर्फ जाँदै गरेको इथोपियन एयरलाइन्सको विमान उडान भरेको केही मिनेटमै दुर्घटनामा परेको थियो । दुर्घटनामा परि चालक दलका ८ जना सदस्य र १ सय ४९ जना गरी १ सय ५७ जनाको मृत्यु भएको थियो ।








प्रतिक्रिया