शुक्रबार, १४ वैशाख २०८१

‘बीमाको पहुँच एक वर्षमै दोब्बर वृद्धि भएको छ’

समयपोष्ट २०७५ फागुन २० गते १४:५५

Advertisement

विगत एक वर्ष, २०७५ असारसम्मको परिस्कृत तथ्याङ्क अनुसार हेर्दा जीवन बीमातर्फ १४ प्रतिशतमा पुगेको छ । जीवन बीमाको वार्षिक वृद्धिदर करिब ३२ प्रतिशतको छ । करिब ५४ अर्बको प्रिमियम सङ्कलन भएको छ । निर्जीवन बीमाको वार्षिक वृद्धिदर १८ प्रतिशत छ । करिब २२ अर्ब प्रिमियम सङ्कलन भएको छ । समग्रमा करिब ७६ अर्बको प्रिमियम सङ्कलन भएको छ । कुल ग्रार्हस्थ उत्पादनमा अघिल्लो वर्ष २ दशमलव ०३ थियो भने २ दशमलव ३ प्रतिशत पुगेको छ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा अपरिष्कृत तथ्याङ्क आउने क्रम जारी छ । यो हेर्दा ग्रोथ रेट ३०–३२ प्रतिशतको अनुमान गरेका छौँ । समग्रमा यो एक वर्षमा नेपालको अर्थ व्यवस्थामा बीमाले भाइब्रेसन ल्याएको छ ।

पहुँच वृद्धि
बीमाको पहुँच बढाउन हामी समितिमा आउनेबित्तिकै दुई–तीनवटा काम गर्यौं। नयाँ कम्पनी थप, चुक्ता पुँजी वृद्धि, शाखाहरूलाई गाउँ–गाउँमा जान प्रोत्साहन गर्ने र समितिबाटै विभिन्न सचेतना कार्यले गर्दा नै विगतको ७ प्रतिशतमा रहेको बीमाको पहुँच अहिले दोब्बर वृद्धि भएको छ । नयाँ कम्पनीले लाइसेन्स लिएर फुलफेजमा काम सुरु गरेको एक वर्षमै बीमाको पहुँच वृद्धि भएर ७ प्रतिशतबाट १४ प्रतिशतमा पहुँच पुगेको हो ।

नयाँ लाइसेन्स, पुँजी वृद्धिलगायतका काममा बढी भर पर्यौं। अब यो वर्षदेखि हामीले नियमनमा बढी ध्यान केन्द्रित गर्दैछौँ ।

अबको ध्यान नियमन
नियामक निकायमा बसेर कुनै काम सुरु गरेपछि त्यसलाई सफलतापूर्वक अन्तिमसम्म पुर्याउन सबै ध्यान केन्द्रित गर्नुपर्छ । त्यसले गर्दा हामी यहाँ आइसेकपछि नयाँ लाइसेन्स, पुँजी वृद्धिलगायतका काममा बढी भर पर्यौं। अब यो वर्षदेखि हामीले नियमनमा बढी ध्यान केन्द्रित गर्दैछौँ । वैदेशिक रोजगार बीमामा केही सुधार गर्न हामीले भर्खर माघ १ देखि लागू हुने गरेर वैदेशिक रोजगार बीमातर्फ सबै कम्पनीको शाखा कार्यालयको रूपमा सञ्चालन गर्ने किसिमले व्यवस्थापन गरिसकेका छौँ । यसले गर्दा वैदेशिक रोजगार कार्यालयहरूमा बीमा कम्पनीको भीड बन्द भएको छ । चारवटा कम्पनीले मात्र त्यहाँ बीमाका पोलिसीहरू बिक्री गर्दछन् । नगदमा बिक्री गर्दछन् र त्यो पुलमा जाने व्यवस्था गरेका छौँ । साथै, निर्जीवन बीमातर्फ यातायात कार्यालयहरूमा जुन भीड हुने गरेको छ, त्यसलाई व्यवस्थित गर्न हामीले ३ बुँदे निर्देशन जारी गरेका छौँ । कुनै पनि कम्पनीले यातायात कम्पनीअगाडि आफ्नो शाखा कार्यालय खोल्नुपर्ने, कम्पनीको कर्मचारीले मात्र पोलिसी बिक्री गर्न पाउने र त्यो कम्प्युटरबाट प्रिन्ट गरेको हुनुपर्ने व्यवस्था गरेका छौँ । सबै सीईओहरूलाई बोलाएर पनि हामीले त्यो विषयमा जानकारी गराएका छौँ । आजको दिनमा त्यस्ता विकृति धेरै मात्रामा कम भएर गएका छन् । अबको एक–डेढ महिनाभित्र हाम्रो नियमनको दायरामा आउँछन् ।

अनिवार्य बीमा
वित्तीय क्षेत्रमा बैङ्क र बीमा हुन्छ । बैङ्कहरूलाई आफ्नो क्रियाकलाप सञ्चालन गर्न सहज हुन्छ । किनभने उसले शाखा कार्यालय खोल्छ, आउनुहोस् पैसा राख्नुहोस्, सुरक्षित हुन्छ, व्याज पाइन्छ, कर्जा लिनुहोस्, व्यवसाय गर्नुहोस् भनेपछि त्यो लिने ठाउँ भयो । तर बीमा भनेको दिने ठाउँ भयो । बीमा खोलेपछि आउनुहोस्, हामी जोखिम कम गराइदिन्छौँ, तर त्योबापत तपाईंले केही रकम प्रिमियम तिर्नुपर्छ । मानिसहरू तिर्न भनेपछि केही हच्किने संस्कार छ । निर्जीवन बीमातिर हामीलाई जोखिम आए मात्र पाइने हो, जोखिम नै आउँदैन, तिरेर के काम भन्ने मानसिकता छ । यस्तै, जीवन बीमातर्फ आजलाई खान छैन, भोलिलाई किन जम्मा गर्ने भन्ने छ भने अर्को मरेपछि पाइने चिज किन तिरिराख्ने भन्ने मानसिकता छ । यसलाई हामीले निरुत्साहित गर्न सकेनौँ, जसको कारणले जनतामा बीमाप्रति एउटा संस्कृतिको रूपमा विकास हुनुपर्नेमा त्यो हुन सकेको छैन । तर केही समयदेखि बीमा समिति आफैँले नगरपालिका, महानगरपालिकाहरूसँग अन्तरक्रिया गरेका छौँ । त्यसले एउटा सचेतना फैलाएको छ र बीमा गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ, जसले गर्दा पनि वृद्धिदर १४ प्रतिशत पुगेको हो । आगामी दिनमा अझ व्यापक हुँदै जान्छ भन्ने हाम्रो अनुमान छ ।

बीमा समिति आफैँले नगरपालिका, महानगरपालिकाहरूसँग अन्तरक्रिया गरेका छौँ । त्यसले एउटा सचेतना फैलाएको छ र बीमा गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ, जसले गर्दा पनि वृद्धिदर १४ प्रतिशत पुगेको हो । आगामी दिनमा अझ व्यापक हुँदै जान्छ भन्ने हाम्रो अनुमान छ ।

बीमा र जोखिम
पहिले एयरपोर्टमा विदेश हिँडेका लाहुरेहरूलाई बीमा कम्पनीहरूले ‘ट्राभल इन्स्योरेन्स गर्नुहोस्, विदेश जाँदै हुनुहुन्छ, प्लेन चढ्दै हुनुहुन्छ, जोखिम हुन्छ, मुत्युसमेत हुन सक्छ’ भन्दा उनीहरूले ‘हिँडने बेलामा मर्छ भन्ने’ भनेर लट्ठी लिएर लखेट्थे’ भन्ने मैले पनि सुनेको थिएँ । बीमा भनेकै भोलि भवितव्य हुन्छ, भोलि मृत्यु हुन्छ, त्यसैले आफ्नो परिवारका लागि केही गरौँ भनेर बीमा गर्ने संसारमा जहाँसुकै हुन्छ । तर यहाँ आफू मरेपछि जेसुकै होस् भन्ने संस्कृति पहिलेदेखि नै रहेको कारणले गर्दा त्यो हुन गएको हो । बीमा भनेकै भवितव्य, जोखिम, मृत्यु हुँदैनथ्यो भने बीमा भन्ने शब्द नै आउने थिएन । त्यसैले यसलाई सहजरूपमा लिनुपर्छ । मान्छेको जीवन हो, जे पनि हुन सक्छ । हामी बस्दाबस्दै, छलफल गर्दागर्दै भूकम्प आउन सक्छ । यो हामीले भोगिसकेका छौँ । जलवायु परिवर्तनको कारणले च्छो रोल्पा ताल फुट्न सक्छ, त्यो फुट्यो भने अपर तामाकोसी नै बगाएर लैजान सक्छ भन्ने अनुमान छ । जे पनि हुन सक्छ । यस्ता जोखिमबाट बच्नकै लागि हो बीमा गर्ने ।

फेक पोलिसी
सबैमा छैन फेक पोलिसी, वैदेशिक रोजगार बीमामा हामीले भेट्टायौँ नै । कम्पनीको कर्मचारी सफ्टवेयरमा छिरेर पनि काट्ने गरेको पायौँ । त्यो सीआईबीले छानबिन पनि गरिरहेको छ । अस्वस्थ प्रतिस्पर्धा जहाँ हुन्छ, त्यहाँ फेक हुन्छ भनेर नै वैदेशिक रोजगार बीमामा हामीले पुलको व्यवस्था गरेका हौँ । अब यो वैदेशिक रोजगारमा आउँदैन । अब एजेन्टले काट्दैन, कर्मचारी आफैँले काट्छ । तर बैङ्किङतिर पनि बैङ्किङ अपराध हुन्छ, बीमा पनि थर्ड पार्टीदेखि लिएर, हुँदै नभएको एक्सिडेन्ट बनाएर, मोटर बीमामा भारतबाट बिलिङ गरेर आएका केश पनि छन् । फेक गर्नेले पनि आफ्नो किसिमको नयाँ टेक्नोलोजी विकास गरिरहेको हुन्छ । त्यसलाई अन्त्य गर्न हामी नियामकले पनि निरन्तर काम गर्नुपर्छ । आगामी दिनमा हामीले त्यसलाई विशेष ध्यान दिन्छौँ । नयाँ बीमा ऐनमा त्यस्ता अपराध गर्नेहरूलाई के–कति दण्ड सजाय हुन्छ भन्नेसमेत हामीले कल्पना गरेका छौँ । नयाँ ऐन आइसकेपछि अपराध गर्नेहरूलाई सोझै प्रहरीको अपराध अनुसन्धान महाशाखाले कारबाही गर्दछ । बीमा समितिले लेखेर दिन पाउँछ । यो सबै फेकलाई नियन्त्रण गर्न हामीले अपनाउने मेकानिजम हो ।

 

हुँदै नभएको एक्सिडेन्ट बनाएर, मोटर बीमामा भारतबाट बिलिङ गरेर आएका केश पनि छन् । फेक गर्नेले पनि आफ्नो किसिमको नयाँ टेक्नोलोजी विकास गरिरहेको हुन्छ । त्यसलाई अन्त्य गर्न हामी नियामकले पनि निरन्तर काम गर्नुपर्छ । आगामी दिनमा हामीले त्यसलाई विशेष ध्यान दिन्छौँ ।

दक्ष जनशक्ति र बीमाप्रति आकर्षण
आगामी दिनमा बैङ्क भन्दा बीमा माथि जान्छ । विदेशतिर हेर्यौं भने पनि वित्तीय प्रणालीमा बीमाको योगदान बढी देखिन्छ । यहाँ पनि ग्रोइङको अवस्था छ । विगतमा १४–१५ अर्ब बिजनेस हुन्थ्यो भने आज यो आर्थिक वर्षमा एक सय अर्बको जीवन बीमा मात्र हुन्छ भन्ने कल्पना छ । यो फन्टले एकातिर आफैँ रोजगारी सिर्जना गरिदिन्छ भने अर्कोतिर राज्यलाई लगानीको लागि स्रोत ल्याइदिन्छ । त्यस कारण हामी यसलाई विकास गर्दै लैजाने हो । बैङ्किङमा नाफा गरेपछि बोनस पाइन्छ भने बीमा नाफाको साथसाथै स्वास्थ्य बीमा गरिदिन्छ । सामूहिक सावधिक बीमा गरिदिन्छ । त्यस कारण आगामी दिनमा बीमा क्षेत्र रोजाइको पहिलो रोजाइ बनाउनुपर्छ र हुन्छ । यसका लागि टेनिङ इन्ष्टिच्यूट सुरु गरिसकेका छौँ, जुन सबै बीमा कम्पनीहरूको बीचमा हामी बसेर त्यसलाई कम्पनी दर्ता गेर ल्याइसकेका छौँ । त्यसले नियमित तालिम दिइरहेको छ । त्यसलाई प्रादेशिक तहसम्म लैजाने कल्पनामा छौँ हामी ।

आगामी आर्थिक वर्षमा कुनै पनि प्रकारको वैदेशिक तालिम इन्ष्टिच्यूटमार्फत् यहाँ तालिम दिने व्यवस्था मिलाउने सोच बनाएका छौँ । अर्को, बीमा विषय स्कुल तहदेखि मास्टर तहसम्म पढाइ हुने व्यवस्थाको लागि हामीले काम गर्दैछौँ ।

हाम्रो देश प्राकृतिक सौन्दर्यले भरिएको देश हो । विदेशमा भएका बीमा कम्पनीहरूले वैदेशिक तालिमको लागि धेरै क्षेत्र खोजिरहेका हुन्छन् । त्यस कारण आगामी आर्थिक वर्षमा कुनै पनि प्रकारको वैदेशिक तालिम इन्ष्टिच्यूटमार्फत् यहाँ तालिम दिने व्यवस्था मिलाउने सोच बनाएका छौँ । अर्को, बीमा विषय स्कुल तहदेखि मास्टर तहसम्म पढाइ हुने व्यवस्थाको लागि हामीले काम गर्दैछौँ । साथै, हाम्रो ट्रेनिङ् इन्ष्टिच्यूटले भर्खर व्याचलर पास गरेका विद्यार्थी भाइबहिनीलाई लक्षित गरेर सस्तो दरमा आधारभूत तालिम दिने व्यवस्था मिलाउँदै छौँ । त्यो भयो भने उनीहरूलाई यो क्षेत्रमा आकर्षित गर्न सकिन्छ । आगामी दिनमा बीमाको भविष्य राम्रो छ ।

क्रस होल्डिङ समस्या
अहिलेको जुन लाइसेन्सिङ पोलिसी छ, त्यसमा एकाघर–परिवारले १५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व ग्रहण गर्न पाउँदैन । विगतमा त्यो व्यवस्था नहुँदा एउटै समूहले धेरै ठाउँमा लगानी गरेको हुन सक्छ । हाम्रो नयाँ ऐनको मस्यौदामा १५ प्रतिशतभन्दा बढी हुनुहुँदैन भनेका छौँ । विगतमा स्थापित भइसकेकालाई एउटा निश्चित समय दिएर फेरि फेजआउट गर्न सकिन्छ । त्यो अन्तर्राष्ट्रिय परम्परा नै हो । आईआरएसको प्रिसिन्पलभित्रै पर्छ । त्यो सञ्चालक समितिमा गएर जोडिन्छ ।

सेयर स्वामित्वको आधारमा सञ्चालक समिति बन्छ, एउटै घर–परिवारको दुई–तीन जना सञ्चालक समितिमा भए भने त्यसले आफूले चाहे जस्तो ठाउँमा लगानी गर्ने र आफ्नो समूहको हितमा मात्र काम गर्न सक्छ । त्यस कारण अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै १५ प्रतिशत सेयर स्वामित्व बनाउने काम हामीले गरेका हौँ ।

सेयर स्वामित्वको आधारमा सञ्चालक समिति बन्छ, एउटै घर–परिवारको दुई–तीन जना सञ्चालक समितिमा भए भने त्यसले आफूले चाहे जस्तो ठाउँमा लगानी गर्ने र आफ्नो समूहको हितमा मात्र काम गर्न सक्छ । त्यस कारण अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै १५ प्रतिशत सेयर स्वामित्व बनाउने काम हामीले गरेका हौँ । आगामी दिनमा तथ्याङ्क सङ्कलन गरेर कहिलेसम्म क्रस होल्डिङ अन्त्य गर्ने भनेर काम गर्नुपर्छ । अर्कोतिर राज्यले उदार अर्थनीति लिइसकेपछि जोसँग पैसा छ, उसले लगानी गर्छ । पैसा व्यापारीकै हातमा हुने भएकाले उहाँहरूकै बैङ्क र बीमा छन्, उद्योगहरू पनि उहाँहरूकै छन् । त्यस कारण त्यो अर्थनीतिमा पनि भर पर्ने कुरा हो ।

पुँजी वृद्धि र मर्जर
अहिलेसम्म पनि चुक्ता पुँजी नपुग्ने स्पष्ट भएका तीनवटा जति कम्पनी छन् । ती कम्पनीको बोर्डलाई बोलाएर तपाईंहरूको पुँजी योजना पेस गर्नुहोस्, हकप्रद जारी गर्ने हो भने धितोपत्र बोर्डमा दिएको निवेदनको प्रतिलिपि हामीलाई देखाउनुहोस्, हैन भने बोर्डमा लगेर के गर्नुपर्छ, उपयुक्त निकास लिन्छौँ भनेका छौँ । ती कम्पनीले विशेष साधारण सभा गरेर भए पनि हकप्रदको लागि पठाउँछौँ भनेका छन् । त्यसले फोर्सली मर्जर गराउनुपर्ने सम्भावना कम छ ।

कृषि र एकीकृत सम्पत्ति बीमा
कृषिमा आत्मनिर्भर हुने र धेरैभन्दा धेरै मान्छेलाई कृषिमा स्वरोजगार बनाउने सरकारको नीतिमा नै छ । त्यही पोलिसीलाई सहयोग गर्नका लागि बीमा समितिले कृषि बीमा कार्यक्रम ल्याएको हो । त्यो कार्यक्रमअन्तर्गत जति पनि प्रिमियम हुन्छ, त्यसमा ७५ प्रतिशत नेपाल सरकारले अनुदान दिने व्यवस्था गरेको छ । त्यो अहिले एकदम राम्रोसँग विकास भएको छ । यसको यो आर्थिक वर्षमा ४०–४२ प्रतिशतको वृद्धि छ । किसानले ढुक्कले काम गर्न सक्यो भने त्यसले उत्पादन र उत्पादकत्व दुवै बढाउँछ । साथै, नेपाल सरकार मन्त्रिपरिषद्ले अहिले सहुलियत दरमा कर्जा नीति भनेर ल्याएको छ, त्यो नेपाल राष्ट्र बैङ्कले सबै बैङ्क तथा वित्तीय संस्थाहरूलाई सर्कुलर गरेको छ । त्यसको बीमा कम्पनीमार्फत् गर्ने र त्यसमा पनि अनुदान दिने भन्ने कुरा भएको छ । यो सबै काम कृषिमा आत्मनिर्भर हुने र स्वरोजगार सिर्जना गर्ने राज्यको नीतिलाई बीमाले सहयोग गरिरहेको छ ।

कृषिमा आत्मनिर्भर हुने र धेरैभन्दा धेरै मान्छेलाई कृषिमा स्वरोजगार बनाउने सरकारको नीतिमा नै छ । त्यही पोलिसीलाई सहयोग गर्नका लागि बीमा समितिले कृषि बीमा कार्यक्रम ल्याएको हो ।

अर्को, एकीकृत सम्पत्ति बीमा गएको माघ १ गतेदेखि लागू हुने गरेर जारी गरिसकेका छौँ । निर्जीवन बीमातर्फ सम्पत्तिको बीमालार्ई एकीकृत गर्ने र त्यसको दायरालाई व्यापक बनाइएको छ । त्यसका लागि हामीले विगतको दरलाई घटाएका छौँ । विगतमा जुनसुकै सम्पत्ति बीमा गर्दा अग्नि र भूकम्म दुईवटा जोखिम मात्र कभर गर्दथ्यो । आज अग्नि, भूकम्प, बाढी, पहिरो, चट्याङ, हावाहुरी अथवा जुनसुकै खालको कभर भएको छ । हिजो अग्नि र भूकम्प मात्र कभर हुँदा प्रतिहजार १ रूपैयाँ ४० पैसा प्रिमियम शुल्क थियो भने आज त्यसलाई दुई भागमा बाँढेका छौँ । एक करोडसम्मकोलाई प्रतिहजार ४० पैसा, १ करोडभन्दा माथिकोलाई प्रतिहजार १ रूपैयाँदेखि सुरु गरेका छौँ । बीमाको दायरा बढोस् भनेर दर घटाएका छौँ । मैले बीमा कम्पनीका सीईओहरूलाई पनि अब नगरप्रमुखहरूसँग सहकार्य गर्नुहोस् भनेको छु । १ करोडको ४० पैसा भनेको जम्मा ४ हजार हो, त्यो दिनको एक कप चिया नखाँदा जम्मा हुने पैसा हो भन्ने म्यासेज लैजानुहोस्, बीमाको दायरा बढ्छ भनिरहेका छौँ । यदि यो भयो भने देशमा जस्तोसुकै जोखिम आउँदा पनि राज्यले राहत बाँढ्नुपर्दैन । भूकम्पबाट भत्किएका घरहरू जो–जोले बैङ्कबाट कर्जा लिएका थिए, बीमा गरेका थिए, उनीहरू सबैले घर बनाइसके तर जसको घरको बीमा थिएन, उनीहरूको अहिलेसम्म पनि घर बन्न सकेको छैन । राज्यको राहत पनि दोस्रो, तेस्रो किस्तामा गइसक्यो । चार वर्ष भइसक्यो तर अझै पनि घर बनाउन नसकेर पालमै छन् । त्यस कारण बीमा गरौँ, ढुक्क बनौँ र जोखिमबाट बचौँ ।

बीमाको दायरा बढोस् भनेर दर घटाएका छौँ । मैले बीमा कम्पनीका सीईओहरूलाई पनि अब नगरप्रमुखहरूसँग सहकार्य गर्नुहोस् भनेको छु । १ करोडको ४० पैसा भनेको जम्मा ४ हजार हो, त्यो दिनको एक कप चिया नखाँदा जम्मा हुने पैसा हो भन्ने म्यासेज लैजानुहोस्, बीमाको दायरा बढ्छ भनिरहेका छौँ ।

आगामी योजना
अहिले नयाँ ऐन संसद्मा छ । त्यसलाई चाँडोभन्दा चाँडो पास गर्ने र बीमा समितिलाई स्ट्रेन्थ दिने गरेर प्राधिकरणको कल्पना गरिएको छ । यसलाई सशक्त बनाउनुपर्छ, बीमा क्षेत्रको नियमन, सुपरिवेक्षण राम्रोसँग गर्नुपर्छ । आजको दिनमा पनि हाम्रो तीनवटा टिम बजारमा सुपरिवेक्षण गर्न गइरहेको छ । संस्थागत सुशासन कायम गर्दै अगाडि बढेका छौँ । दोस्रो, दक्ष जनशक्ति उत्पादन गर्नका लागि ट्रेनिङ इन्ष्टिच्यूट खोलेका छौँ । यसका दुईवटा विइङ्स बनाएर एउटाले एकेडेमिकको काम गर्छ भने अर्कोले तालिमको काम गर्छ । यसलाई प्रदेशसम्म विस्तार गरेर गुणस्तरीय जनशक्ति उत्पादन गर्नतिर लाग्छौँ ।

आजको दिनमा पनि हाम्रो तीनवटा टिम बजारमा सुपरिवेक्षण गर्न गइरहेको छ । संस्थागत सुशासन कायम गर्दै अगाडि बढेका छौँ ।

तेस्रो, हाम्रो रेगुलेसनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्छ । भोलि हामी रिक्सबेस क्यापिटलमा जानुपर्ने हुन सक्छ । त्यसका लागि बीमा समितिमा भएका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेलगायतका कामहरू लगातार हुन्छन् । साथै, नयाँ भवनको लागि नक्सा पासको क्रममा रहेको छ । त्यो पास भएपछि हामी अत्याधुनिक भवन बनाउँछौँ । समयबोधबाट 

प्रतिक्रिया

सम्बन्धित सामाग्री