शुक्रबार, १४ वैशाख २०८१

तिन श्रीमती र ३८ छोराछोरीका पिता भन्छन् : छोराछोरी एक सय पुर्याउँछु

समयपोष्ट २०७३ चैत १७ गते ७:३५

पाकिस्तानको क्वेटामा बसोबास गर्ने ४७ बर्षिय सरदार जन मोहम्मद खिलजीको परिवारमा ४२ सदस्य छन् । जसमा तिन श्रीमती र ३८ छोराछोरी पर्छन् । यति धेरै छोरा छोरी हुँदा पनि खिलजीलाई सबको नाम सम्झना हुन्छ ।

Advertisement

1

 कुनै विवाह अथवा पार्टीमा जाँदा खिलजी अलग अलग श्रीमती र छोराछोरीलाई साथ लिएर जाने गर्छन् । खिलजीका अनुसार उनका तिनै ओटी श्रीमती आपसमा मिलेर बस्छन् । पेशाले स्वास्थ कर्मि रहेका उनी एक क्लिनिक चलाउँछन् । क्वेटामा पाँच कोठाको कच्ची घरमा बसोबास गर्ने उनी गरीबहरुलाई निशुल्क सेवा दिन्छन् । इश्लाम धर्ममा पुरुषहरुलाई चार ओटासम्म विवाह गर्ने छुट छ ।

2

त्यसको लागि उनीहरुलाई पहिली श्रीमती र पञ्चायतबाट अनुमति लिनुपर्नेहुन्छ । दिनमा पाँच पटकसम्म नमाज पढ्ने  खिलजीको सय ओटासम्म सन्तान जन्माउने इच्छा रहेको छ । फर्टिलिटी बढाउँनको लागि  हरेक दिन ड्राई फ्रुट्स,माछा मासु र दुध खाने खिलजी चौथीे श्रीमतीको खोजीमा छन् । परिवार चलाउँनको लागि उनलाई आजसम्म आर्थिक समस्या आईपरेको छैन ।

3

साउँथ एसियामा सबैभन्दा बढी जन्मदर भएको देश पकिस्तान हो । वल्र्ड बैंक र त्यहाँको सरकारी आंकडाका अनुसार पाकिस्तानका हरेक महिला तिन सन्तानलाई जन्म दिने गर्छन् । 
5

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री