बिहीबार, १३ वैशाख २०८१

यामाहाको ‘विस काउन्ट’ योजना,मोटरसाइकल वा स्कुटर किन्दा ५० हजारसम्म नगद छुट

समयपोष्ट २०७३ चैत १७ गते ५:३८

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७४ लाई लक्षित गर्दै नगद छुटको योजना ल्याएको छ । कम्पनीले मोटरसाइकल तथा स्कुटरको खरीदमा ८ हजारदेखि ५० हजार रुपैयाँसम्म नगद छुटको योजना ल्याएको हो । ‘विस काउन्ट’ नामक यस योजनामा यामाहा ब्रान्डका मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै आठ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म नगद पुरस्कार पाउनेछन् । साथै, हरेक साता हुने लक्की ड्रमा ग्राहकले एक लाख रुपैयाँको बम्पर उपहार पाउने कम्पनीले जनाएको छ । लक्की ड्रको प्रत्येक्ष प्रसारण हिमालय टेलिभिजनको ‘द इभिनिङ सो एट सिक्स’ र यामाहा नेपालको फेसबुक पेजमा हरेक सोमबार प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको छ। 

Advertisement

यस्तै कम्पनीले एमएडब्लुले यामाहा मोटरसाइकल तथा स्कुटरमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा समेत ल्याएको छ ।  जसअन्तर्गत फाइनान्सिङ गरेर यामाहा मोटरसाइकल खरिद गर्न चाहनेले विना झन्झट सुविधा पाउने कम्पनीको दावी छ । यो वर्षको योजना यामाहा ब्रान्डका सबै मोटरसाइकल र स्कुटरमा लागू हुनेछ । 

 नेपाली बजारमा यामाहाको एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, फेसिनो, रे जेडआर, रेजी, एसजीआरआर, स्यालुटो र आर ३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिन जडित छन् । 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री