मंगलबार, ११ वैशाख २०८१

विद्यालयनै असुरक्षीत,आठ शिक्षकले गरे दुई बर्षसम्म तेह्र बर्षिया विद्यार्थीको बलात्कार

समयपोष्ट २०७३ चैत १३ गते ६:४६

भारतको राजस्थान स्थित बीकानेर शहरमा तेह्र बर्षिया बालिकालाई दुई बर्षसम्म विद्यालयका आठ शिक्षकले बलात्कार गर्ने गरेको तथ्य खुलेको छ । बालिकालाई बलात्कार पछि दिईने गर्भनिरोधक चक्किका कारण उनलाई क्यान्सर भएपछि सो घटना सार्वजनिक भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार बालिका बिकानेर शहर नजिकैको एक गाउँकी बासिन्दा हुन् ।

Advertisement

उनी गाउँकै एक विद्यालयमा अध्ययन गर्थिन् । पिडितले दिएको बयान अनुसार नोखा पुलिसले आठ शिक्षकहरु विरेन्द्र, विक्रम, विकास, पवन, हनुमान, रोहित, दुलीचंद र बिजेन्द्रको खोजी थालेको छ । आठै जना शिक्षक हालसम्म फरार छन् । पिडित बालिकालाई दिएको गर्भनिरोधक चक्किको ओभर डोजका कारण क्यान्सर भएको अस्पतालले जनाएको छ । उनको शहरकै पि बि एम अस्पतालमा उपचार भैरहेको छ । 

बलात्कार पछि शिक्षकहरुले अश्लिल भिडियो बनाई इन्टर्नेटमा हाल्ने धम्कि दिएकोे पिडितको आरोप छ । सोही भिडियो देखाएर धम्काउँदै सन् २०१५ देखि बालिकालाई बलात्कार गर्ने गरेको बताईएको छ । विद्यालय छुट्टी भएपछि उनलाई एक्लै कोठामा बोलाई कसैलाई भने ज्यान मार्ने धम्कि दिदै  बालिका माथि यौन शोषण हुँदै आएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री