शुक्रबार, १४ वैशाख २०८१

म्यादी प्रहरीको भर्ना आजबाट खुल्यो,को को पर्नेभए प्राथमिकतामा ?

समयपोष्ट २०७३ चैत ११ गते ८:०३

आजबाट सरकारले म्यादी प्रहरीको लागि भर्ना आहृवान गरेको छ । आगामी बैशाख ३१ गते हुने निर्वाचनलाई लक्षित गरी शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालले सूचना प्रकाशित गरी ७५ हजार म्यादी प्रहरीको भर्ना आहृवान गरेको हो । म्यादी प्रहरीमा ७५ वटै जिल्लाका सामान्य लेखपढ गर्न जान्ने ,१८ बर्ष उमेर पुरा भएको र ५४ बर्ष उमेर ननाघेको, शारीरिक तथा मानसिक रुपले तन्दरुस्त हरेक नेपाली नागरिकले आवेदन दिन सक्ने उल्लेख छ । 

Advertisement

म्यादी प्रहरीमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा कार्यरत रही पेन्सन वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी,पूर्व वन रक्षकलाई पहिलो प्राथमिकता पर्नेछन् । यस्तै पूर्व वन रक्षकलाई पनि प्राथमिकतामा राखिनेछ । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा भर्नाको लागि आवेदन गरी शारीरिक परीक्षणमा समेत समावेश भएका प्रवेश पत्रको प्रतिलिपी पेश गर्ने व्यक्तिहरुलाई पनि प्राथमिकतामा राखिने नेपाल प्रहरीले जनाएको छ ।

विदेशमा सुरक्षा निकायमा काम गरि सेवा निवृत्त भएका नेपाली पूर्व सुरक्षाकर्मी र विगतको संविधानसभा निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई काम गरेका व्यक्तिहरुलाई पनि प्राथमिकता दिईनेछ । म्यादी प्रहरीको सेवा अविधी ५५ दिनको हुनेछ भने सेवा सुविधा नेपाल प्रहरीको जवानले पाए सरहको सुविधा र भत्ता म्यादी प्रहरीले पाउँनेछन् । म्यादी प्रहरीका लागि प्राप्त दरखास्तबाट चैत १९ गतेबाट २१ गतेसम्म छनौट गरिने र अन्तिम नतिजा चैत २२ गते प्रकाशन हुँने नेपाल प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री