शुक्रबार, २४ वैशाख २०७८

‘जीवनोपयोगी शिक्षा सार्थक शिक्षा’

समयपोष्ट २०७३ चैत ११ गते ४:२०

पाठशाला तेह्र वर्षअघि स्थापना भएको स्कुल हो । यहाँसम्म आइपुग्दा यो स्कुलको अवस्था अत्यन्तै राम्रो छ । हामीले अवलम्बन गर्ने सिकाइ पद्धतिअनुसार हरेक वर्ष सीमित संख्यामा विद्यार्थी भर्ना लिने गर्छौं । प्रत्येक विद्यार्थी र शिक्षकबीच अन्तक्र्रिया गर्दै विद्यार्थीलाई सिकाउनुपर्ने हुँदा त्यसका लागि समय र सामग्री दुवैको आवश्यकता पर्न जान्छ । विद्यालयको स्रोत र साधनलाई ध्यानमा राख्दै हामीले एउटा कक्षामा दुइटा सेक्सन गरी एकदेखि दस कक्षासम्म छ । सयजना जति विद्यार्थी लिने गरेका छौं । विद्यार्थी धेरै आए भनेर सबैलाई भर्ना लिँदैनौ । 
बालमैत्री वातावरण
हामी विद्यालयलाई बालमैत्री हुनुपर्छ भन्नेमा जोड दिन्छौं । त्यस्तै विद्यार्थीलाई पढ्नैपर्छ भनेर प्रेसर दिएर पढाउनेभन्दा पनि उनीहरूलाई रमाइलो हुनेगरी सिकाउने शैली अवलम्बन गरेका छौं ।
पढाइलाई विद्यार्थीले बोझका रूपमा नलिई खुसी र रमाइलो मानेर कक्षामा सहभागी हुन सकून् भनेर यहाँका टिचरहरूलाई त्यहीअनुरूपको तालिम दिने गरेका छौं । हाम्रो विद्यालयमा विद्यार्थीलाई उनीहरूको क्षमताका आधारमा सिकाइमा सहभागी गराएर सिकाइन्छ । पाठ्यपुस्तकमा दिएका कुराहरूलाई मात्र थप व्याख्या गरेर आजको सिकाइ पूरा हुँदैन । उनीहरूलाई सिक्ने क्रियाकलापहरूमा विद्यार्थी आफैंलाई सहभागी गराउने हो र पाठशालामा त्यही पद्धति अवलम्बन गर्ने गरेका छौं । पाठ्यपुस्तकमा दिएका कुराहरू सिधै परीक्षासँग लगेर जोडिँदैन । विद्यार्थीले सबै कुरा जानेपछि मात्र परीक्षा राम्रो हुने हो । मुख्य कुरा प्रत्येक दिनको सिकाइ र गतिविधिमा विद्यार्थी स्पष्ट हुनुपर्छ ।

Advertisement

ishoto adhikari

भिन्न सिकाइ शैली
एक समय थियो जहाँ परम्परागत शैक्षिक प्रणालीमा सिकाइको मुख्य सामाग्री भनेको पाठ्यपुस्तक थियो र सिकाइको सम्पूर्ण उद्देश्य भनेको विद्यालयले लिने त्रैमासिक, वार्षिक परीक्षाको अंकमा निर्भर हुन्थ्यो । अंक राम्रो भयो भने उसले असाध्यै राम्रो सिक्यो भन्नेमात्रै थियो । त्यस किसिमको शैक्षिक प्रणालीबाट गुज्रिएर आएको अवस्थामा अहिले विद्यार्थीलाई अन्तक्र्रियात्मक शिक्षामा सहभागी गराउनुपर्छ र त्यो सिकाइ नै दिगो हुन्छ भन्ने सबैले बुझ्न थालेका छन् । 
विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिनभन्दा पनि परीक्षामा अंक ल्याउनमात्र पढाउने गरियो । कुनै विद्यार्थीलाई किन पढ्दै छौ भनेर सोध्दा राम्रो नम्बर ल्याउन भन्ने उसको उत्तर हुन्छ । असल, इमानदार, सहयोगी हुनुपर्छ भनेर नैतिक आचरणका कुराहरू विद्यालयले विद्यार्थीलाई कहिले सिकाएन । जब विद्यालय नै सर्वप्रथम यी कुरामा स्पष्ट हुने हो भने विद्यार्थी त काँचो माटो न हुन्, जसरी जस्तो बनायो त्यस्तै बनिहाल्छन् । हामीले हाम्रो विद्यालयमा विद्यार्थीलाई नेपाल सरकारकै पाठ्यक्रमअनुसार सिकाउँछौं तर विद्यार्थीलाई सिकाउन प्रयोग गर्ने विधि, तौर तरिका भने फरक छ । 
भौतिक पूर्वाधार र अतिरिक्त क्रियाकलाप
सिकाउने विधि, प्रक्रियासँगसँगै हामीले अहिलेको समयानुसार विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार उपलब्ध गराएका छौं । विद्यार्थीलाई विद्यालयमा सिक्नका लागि चाहिने आधारभूत कुराहरू हाम्रो विद्यालयमा छ । विद्यार्थीका लागि छुट्टाछुट्टै विषयहरूका लागि आवश्यकपर्ने ल्याबहरू हामीसँग छन् । त्यसमा हाम्रा हरेक विद्यार्थीको सहभागिता रहन्छ । विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापलगायतका अन्य कुरा विद्यार्थीले पाठशालामा पाएका छन् । यीसँगै हामीले यस विद्यालयमा योगा कक्षा पनि सञ्चालन गरेका छौं । मानसिक र शारीरिक स्वास्थ्यका लागि योगाको महत्व कति छ भनेर विद्यार्थीलाई सानैदेखि बुझाउनका लागि पनि हामीले योगा कक्षा सञ्चालन गरेका छौं । हाम्रो विद्यालय आफ्नै किसिमको मापदण्डमा चलिरहेको छ । शिक्षा ऐनले माध्यमिक शिक्षा बाह्र कक्षासम्म भनेर तोकिदिएको अवस्थामा हामीले अब दुईवटा कक्षा सञ्चालनमा ल्याउने तयारी गरेका छैं । 
दृष्टिकोणमा परिवर्तनको आवश्यकता
नेपाल सरकारले सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन जरुरी छ । संस्थागत विद्यालयले आफ्नै स्रोत र साधनबाट राज्यलाई कर तिरेका छन् र शिक्षामा गुणस्तर प्रदान गरेर राज्यको इज्जत जोगाइदिनुपरेको छ । यी कुराहरूमा राज्य अलिक उदार र स्पष्ट हुन जरुरी छ । शिक्षण पेसा आफैंमा मर्यादित, सम्मानित र असाध्यै ठूलो दायरा भएको पेसा हो । आज विद्यालयमा राम्रो शिक्षक हुन चाहन्छु भन्ने मानिसको सख्ंया घट्दो छ । असल विद्यार्थी हुनका लागि असल शिक्षकको भूमिका निकै नै अहम् हुन्छ । शिक्षण पेसा आफैंमा जिम्मेवार र मर्यादित पेसा भएकाले यस पेसामा धेरैभन्दा धेरै र योग्य मानिस आउनुपर्छ । यो कुरा विद्यालयस्तरदेखि नै विद्यार्थीलाई बुझाउन जरुरी छ । यसको दायरा यसको महत्व र उपलब्ध हुने सेवासुविधा अन्य पेसाभन्दा कम छैन । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री