बुधबार, १२ वैशाख २०८१

कम तौल र उचाई भएका कृष्णप्रसादले भेट प्रधानमन्त्री

समयपोष्ट २०७३ चैत ९ गते ८:०१

संसारको सबैभन्दा कम तौल र उचाई भएका शिक्षकका रुपमा ‘गिनिज बुक’मा नाम लेखाउन पहल थालेका अर्घाखाचीका कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् । बुधबार बिहान बालुवाटारमा पुगि कृष्णप्रसादले प्रधानमन्त्री दाहालसंग भेटेका हुन् । 

Advertisement

भेटमा प्रधानमन्त्रीले पौडेलको उपचार तथा गिनिज बुकमा नाम लेखाउन पहलका लागि सरकारको तर्फवाट सहयोग रहने बताए । प्रधानमन्त्रीले पौडेलको जिविकोपार्जनका लागि समेत सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिए ।

पौडेलको विशेष क्षमता भएको र सरकारका तर्फवाट उनको योगदानको उचित सम्मान हुने प्रधानमन्त्रीले बताए । अर्घाखाची जिल्लाको ठूलापोखरा '२' रोहोटेपानी निवासी पौडेलले भगवती नि.मा.वि ठुलापोखरा'२' रोटेपानीमा विद्यालय स्थापना गरी निरन्तर ४२ वर्षसम्म शिक्षण गरिसकेका छन् । शारिरिकरुपमा अशक्त भए पनि फरक क्षमता भएका पौडल हाल भोजन नली र अन्य शारिरिक समस्याले काठमाडौंमा उपचाररत छन् । ६३ बर्षका पौडेलको तौल १२ किलो रहेको  छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री