बुधबार, १२ वैशाख २०८१

आज राप्रपाले निर्वाचन आयोगको कार्यालय घेराउ गर्दै

समयपोष्ट २०७३ चैत ७ गते ६:००

राप्रपाले सोमबार कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्ने भएको छ । विधानबाट राजसंस्था र हिन्दु राष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएको विरोधमा राप्रपाले निर्वाचन आयोग घेराउ गर्ने भएको हो । नेता-कार्यकर्ताहरु दिउँसो १२ बजे शान्तिवाटिकामा जम्मा भई आयोग कार्यालयमा पुगेर प्रदर्शन गर्ने राप्रपाले जनाएको छ । त्यसपछि आयोग कार्यालय अगाडि एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ । 

Advertisement

स्वतन्त्र बिचार बोक्न पाउनुपर्ने संवैधानिक अधिकारमा आयोगले कुठाराघात गरेको राप्रपाको आरोप छ । आयोगको निर्णयबाट असन्तुष्ट राप्रपाले निर्णय नसच्चिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ र आइतबार संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।

संविधानको धारा ४ (१)को व्यवस्था संशोधन गर्न राप्रपाको माग छ । धारा ४ (१) मा रहेको ‘धर्म निरपेक्ष’ भन्ने पदावलीको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ राख्न संशोधनमा माग गरिएको छ । 

आयोगले यसअघि राप्रपाको विधान संविधानसँग बाझिएको भन्दै राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाएर प्रमाणित गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री