शुक्रबार, १४ वैशाख २०८१

उज्यालो नेपाल अभियानलाई निरन्तरता दिन सबैको साथ पाउँनेमा आशावादी छु : उर्जामन्त्री

समयपोष्ट २०७३ चैत ५ गते ८:३७

उर्जामन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले 'उज्यालो नेपाल' अभियानलाई निरन्तरता दिन सबैको साथ र सहयोग पाउँनेमा आशावादी रहेको बताएका छन् । अखिल क्रान्तिकारीले 'लोडेडिङ मुक्त नेपाल परिक्षण घोषणा’को खुसीयालीमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सो कुरा बताएका हुन् । उर्जामन्त्री शर्माले उज्यालो नेपाल अभियान अन्तर्गत काठमाडौं उपत्यका लगायत देशका ठूला शहर लोडसेडीङ मुक्त भएको र अहिले परिक्षणको रुपमा देशै भरी उज्यालो दिन सफल भएको बताए । शर्माले भने,"उज्यालो नेपाल अभियानमालाई निरन्तरता दिन सबैको साथ र सहयोग पाएको छु र पाउने अपेक्षा गरेको छु। आम नेपालीमा आशा र उत्साह पलाएको छ। यो एउटा राष्ट्र बनाउने सोच हो। राष्ट्र निर्माणका लागि हामी सबै मिल्नु पर्छ"

Advertisement

कार्यक्रममा उर्जामन्त्री शर्माले देशलाई अध्याँरोमुक्त बनाउनु भन्दा बेरोजगार मुक्त बनाउनु ठूलो चुनौती रहेको बताउँदै विदेशमा श्रम गर्न गएका युवा, सेना, प्रहरी, सञ्चय कोष, नागरिक लगानी कोष, उच्च शिक्षाको लागि विदेशमा रहेका नेपाली  र सर्वसाधारण सबैलाई एउटा/एउटा आयोजनामा सहभागी गराएर ५०० देखि ७०० मेगावाट क्षमताका ठूला आयोजना निर्माण गर्ने उर्जा मन्त्रालयको तयारी रहेको समेत जानकारी दिए । उनले भने,""अबको १० वर्ष भित्र नेपालको पानीलाई ताला लगाएर देशमै राख्ने छौ र १२ वर्ष भित्र देश समृद्ध बन्ने छ "

कार्यक्रममा उर्जामन्त्री शर्माले अन्तर्राष्ट्रिय कर्जा लगानी सहित 'बुढी गण्डकी, दौमुरे, कर्णाली, पश्चिम सेती, लगायतका दश वटा ठूला जलाशय युक्त आयोजना सम्पन्न गरेर देश समृद्ध बनाउने योजनामा आफु लागेको जानकारी समेत दिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री