शुक्रबार, १४ वैशाख २०८१

नेपाल बन्दको प्रभाव काठमाडौँमा सामान्य,मधेश पुर्ण रुपमा ठप्प

समयपोष्ट २०७३ फागुन २७ गते ५:०५

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य छ । शिक्षण संस्था ,सार्वजनिक तथा निजी सवारीसाधान र पसलहरु चलिरहेकै छन् । सोमबार सप्तरीमा प्रहरीको गोलीबाट चार जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालेले शुक्रबार नेपाल बन्दको आहृवान गरेको हो । उपत्यकाको जनजिवन सामान्य भएपनि मधेश भने ठप्प छ । मधेसका जिल्लाहरुमा यातायातका साधन,बजार ,शिक्षणसंस्था र खुलेका छैनन् । सप्तरी घटनापछि सप्तरी जिल्ला निरन्तर रुपमा बन्द छ । गठबन्धनले मृतकलाई सहिद घोषणा, मृतकका परिवारलाई राहत, घटनाको न्यायिक छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विभिन्न आन्दोनलका कार्यक्रम घोषणा गरेको छ । सरकारले सप्तरी घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत रकम दिने, न्यायिक छानबिन आयोग गठन गर्ने र घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ । गठबन्धनले घटनाको बिरोधमा बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको थियो ।

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री