बुधबार, १२ वैशाख २०८१

टुरिजम् डेभलपमेन्ट बैंकले राईट सेयर निश्कासन गर्ने,माघ ६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्ने

समयपोष्ट २०७३ फागुन २६ गते ५:५५

टुरिजम् डेभलपमेन्ट बैंकले चैत १३ गतेदेखि शतप्रतिशत राईट सेयर निश्कासन गर्ने भएको छ । बैंकले १ सय रुपैयाँ अंकित मूल्यमा ९१ करोड ९७ लाख ७१ हजार दुई सय रुपैयाँ मुल्य बराबरको ९१ लाख ९७ हजार सात सय १२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रदमा माघ ६ गतेसम्म कायम सेयरधनीले चैत १३ गतेदेखि बैंशाख १७ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

Advertisement

यसअघि कालिञ्चोक डेभलपमेन्ट बैंक र मातृभूमि विकास बैंकलाई खरिद गर्ने सम्झौता गरेको बैंकले एक्विजीशन पश्चात कायम पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने लागेको हो । २१ वटा शाखा मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको  बैंकको चुक्ता पूँजी ९१ करोड ९७ लाख रुपैयाँ रहेको छ । मेगा बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको बैंकको हकप्रद निष्काशनपछि चुक्ता पूँजी एक अर्ब ८३ करोड ९५ लाख रुपैयाँ पुग्नेछ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । बैंकले निष्काशन गर्ने हकप्रदमा बिक्री प्रवन्धकको कार्यालय लाजिम्पाट तथा टुरिजम् बैंकका शाखा कार्यालयहरु मार्फत सेयरधनीले हकप्रदमा आवेदन गर्न सक्नेछन् ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री