सोमबार, १५ असोज २०८०

हिमालयनले डेढ लाख कित्ता सेयर लिलामीमा राख्यो,लिलामी सेयरको बाँडफाँड चैत १७ गते गरिने

समयपोष्ट २०७३ फागुन २५ गते ७:०६

हिमालयन बैंकले डेढ लाख कित्ता सेयर लिलामीमा राखेको छ । बैंकले हकप्रदमा नबिकेको सेयर लिलामी राखेको हो । बैंकले चैत १० गतेदेखि १६ गतेसम्म १ लाख ४५ हजार ५ सय ८० कित्ता साधारण सेयर  बिक्रीका लागि खुला गरेको हो । कम्तीमा १ सय कित्ताका लागि आवेदन दिनुपर्ने बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।  लिलामी सेयरको बाँडफाँड चैत १७ गते हुने छ । बैंकको सेयर बजारमा मूल्य प्रतिकित्ता ८ सय ७८ रुपैयाँ छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री