बुधबार, १२ वैशाख २०८१

यती डेभलपमेण्ट बैंकद्धारा तिन महिला सम्मानित

समयपोष्ट २०७३ फागुन २५ गते ६:२७

अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर यती डेभलपमेण्ट बैंकले बिभिन्न क्षेत्रमा योगदान पुर्याउने तिन महिलालाई सम्मानित गरेको छ । बैकले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै  रेडियो प्रस्तोता लक्ष्मी भुषाल, कृष्णा ताम्राकार र शारीरिक सुगठनमा क्रियाशिल ननिता महर्जनलाई नगद तथा सम्मानपत्र प्रदान गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले सम्मानित तीनै जनालाई नगद तथा सम्मानपत्र प्रदान गरे। संचारकर्मी कृष्णा ताम्राकार अस्वस्थ भएपछि उनको  सम्मान छोरी गृष्मा राजभण्डारीलाई प्रदान गरीएको थियो । बैंकले सामाजिक उत्तर दायित्व वहन गर्ने शिलशिलामा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेकोे र आगामी दिनमा त्यसलाई निरन्तरता दिइने जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री