शुक्रबार, १६ चैत २०८०

जारी भयो भार्गव विकास बैंकको हकप्रद,चैत २८ गतेसम्म आवेदन दिन सकिने

समयपोष्ट २०७३ फागुन २४ गते ७:०७

भार्गव विकास बैंकले मंगलबारबाट शतप्रतिसत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले १ सय रुपैयाँको १२ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।फागुन २४ गतेदेखि चैत २८ गते सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । गत फागुन ११  गते सम्म दोस्रो बजारबाट शेयर खरीद गरेका र साविक एक शेयर धनीले थप एक शेयर आवेदन दिन सक्ने छन् । बैकको हकप्रद एनएमबि क्यापिटल मार्फत आवेदन दिन सकिनेछ । हाल बैंकको चुक्ता पूँजी १४ करोड ४० लाख रुपैयाँ रहेको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री