मंगलबार, ११ वैशाख २०८१

सिभिल बैंकले दुई फाईनान्सलाई एक्वीजिसन गर्ने

समयपोष्ट २०७३ फागुन २४ गते ६:२२

सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स र युनिक फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग, हामा मर्चेन्ट एण्ड फाईनान्सका अध्यक्ष राजनकृष्ण श्रेष्ठ र युनिक फाईनान्सका अध्यक्ष डा. विनोद बहादुर खत्रीले संयुक्त रुपमा प्राप्ति सम्बन्धी सम्झौतामा आईतबार हस्ताक्षर गरेको बैंकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । 

Advertisement

एक्वीजिसनपछि बैंकको नाम सिभिल बैंकनै रहने छ भने हालकै संचालक समिति यथावत हुने  बिज्ञप्तीमा जनाईएको छ । यी तीन संस्थाहरुले हालसम्ममा ३३ अर्ब ६३ करोड निक्षेप संकलन एवं ३१ अर्ब ६८ करोड कर्जा लगानीगर्न सफल भएका छन् । प्राप्तिपछि सिभिल बैंकको चुक्ता पुँजी ५ अर्व ५ करोड र शाखा संख्या ५३ पुग्नेछ ।

दुवै संस्थाको प्राप्ति र चालु आर्थिक वषको मुनाफाबाट बोनश सेयर जारी गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको २० प्रतिशतले हकप्रद सेयर जारी गर्ने योजना बैंकको छ। त्यसबाट अपुग हुने रकमका लागि थप एक्वीजीशन वा मर्जरमा जाने बैंकले जारी प्रेस विज्ञप्तिमा छ। 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री