शनिबार, १५ वैशाख २०८१

अन्य स्मार्टफोनभन्दा पाँच गुणा बढी क्षमताको ‘मि मिक्स’ मोबाइल बजारमा

समयपोष्ट २०७३ फागुन २४ गते ६:०५

नेपालको लागि शाओमीको आधिकारिक बिक्रेता शारदा ग्रुप अन्तर्गतको वत्सल इम्पेक्सले 'मि मिक्स' मोबाइल फोन नेपाली बजारमा भित्राएको छ । यो मोबाइल फोन मल्टि टास्किङ र साधारण स्मार्टफोनको तुलनामा पाँच गुणा बढी क्षमताको रहेको कम्पनीको दाबी छ । सेरामिक बडी रहेको यो मोबाइल फोनमा ६जीबी र्याम,२५६जीबी रोम छ । १८ के गोल्डरिम्सले क्यामरा र फिंगरप्रिन्ट सेन्सरलार्इ प्रिमियम अनुभव गराउने कम्पनीले जनाएको छ । 

Advertisement

फोरके भिडियो हेर्न मिल्ने यो मोबाइलमा १६ एमपी पाँच एमपी क्यामरा छ भने ४४ सय एमएएच ब्याट्री भएकोले चार गुणा चाँडै चार्ज हुने क्षमता रहेको कम्पनीले जनाएको छ । सोमबारदेखि शुक्रबारसम्म मोबाइलको मूल्य ८९ हजार ९ सय ९९ सय रुपैयाँ रहेको र  शनिबारदेखि भने बजार मूल्य ९४ हजार ९ सय ९९ सय रुपैयाँ हुने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री