सोमबार, १५ असोज २०८०

सुरुवात् भयो बजाजको रात्रीकालिन सेवा

समयपोष्ट २०७३ फागुन २४ गते ५:४५

बजाजका लागि नेपालको आधिकारीक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले रात्रिकालीन सेवा सुरुवात गरेको छ ।  कम्पनीले ललितपुरको कुपण्डोलस्थित सर्भिस सेन्टर गुसिङ्गालमार्फत रात्रिकालीन सेवा सुरु गरेको हो । रात्रिकालीन समयमा आईपर्ने सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै  रात्रिकालीन मोटरसाइकल सेवाको सुरुवात गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दिउँसभरी ब्यापार ब्यवसायमा ब्यस्त हुँने सेवाग्राहीले रात्रिकालीन सेवाबाट लाभ लिनसक्ने छन् । सेवा लिन चाहाने सेवाग्राहीले साँझ ५ बजे देखि ७ बजेसम्म बजाजको गुसिङ्गाल सर्भिस सेन्टरमा मोटरसाइकल पुर्याउन र राति १० बजेसम्म लिन जानसक्ने कम्पनीले जनाएको छ । 

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री