शुक्रबार, १४ वैशाख २०८१

सुल्झियो बरमुडा ट्राएंगलको रहस्य,यस्तो थियो हवाईजहाज हराउँने कारण

समयपोष्ट २०७३ फागुन २३ गते ६:४८

कर्यौ बर्ष देखि बरमुडा ट्राएंगल मानिसहरुको लागि एक रहस्यको विषय बन्दै आएको छ । अहिलेसम्म बरमुडा ट्राएंगल हुँदै जाने हवाईजहाज र सामुन्द्रिक जहाजहरु कति बेपत्ता भए त्यसको कुनै लेखाजोखानै छैन । हजारौ सालभन्दा बढी समय भइसकेको छ त्यस ठाउँबाट बाँचेर आएको दाबी गर्ने एक जना पनि भेटिएका छैनन् । यसको कारण आजसम्म अनुसन्धानमा मात्र सिमित थियो । तर हाल आएर बैज्ञानीकहरुले यसको कारण पत्ता लगाएको दाबी गरेका छन् । 
बैज्ञानीकहरुले धेरै बर्ष लगाएर बरमूडा ट्राएंगल आसपासको मौसमको अध्ययन गरेका थिए । बैज्ञानीकहरुका अनुसार बरमूडा ट्राएंगल माथि खतरनाक हावा चल्ने गर्दछ । जसकोे गति १७० माईल प्रति घण्टाको रफ्तारमा हुनेगर्दछ । उक्त हावा बरमूडा ट्राएंगलको ठिक माथि बनेको बादलको कारण चल्ने गरेको बैज्ञानीकहरु बताउँछन् । जब कुनै जहाज सोही हावाको चपेटामा पर्छ तब जहाजले सन्तुलन गुमाउँन पुग्छ र दुर्घटनामा पर्नेगर्छ ।

Advertisement

1fयस ट्राएंगल को माथि 'किलर क्लाउड्स' यानी मान्छेको ज्यान लिने बादल रहिरहने गरेको छ । यो बादल सामान्य भन्दा एकदम बाक्लो हुनेहुँदा यसलाई किलर क्लाउड्स भनिएको हो । यस बादलको भित्र थुप्रै तुफान पनि आउँने गर्छ । यदि कुनै बेला हवाईजहाज यस बादल भित्र पसिहाले जहाजले नियन्त्रण गुमाउँन पुग्छ  र अधिकांश जहाज विस्फोट हुनेगर्दछ ।

2fस्याटालाईटबाट देखिने दृश्य अनुसार उक्त ट्रायंगलको पश्चिमी दिशातर्फ करीब २० देखि ५५ माईलसम्म बादल फैलिएको देखिन्छ । त्यसकारण सो दिशा पार  गर्न खोज्नु एकदम जोखिमपुर्ण मानिन्छ । 

3fस्याटालाईटबाट हेरेर पनि यस दिशाको अन्दाज लगाउँन निकै गाह्रो पर्छ । हावासंगै यो कुनै पनि दिशामा मोडिन सक्छ । यस्तोमा सो दिशाबाट जाने जहाजलाई नियन्त्रण कायम राखिराख्नु निकै चुनौतिपुर्ण काम हो । बैज्ञानीकहरुले यस आईल्याण्डमा एयर बम रहेको दाबी समेत गरेका छन् । जसको कारण उक्त ठाउँको हावाको गति निकै तेज हुने गरेको छ । यही दौरान कुनै चिज यसको चपेटामा परे त्यो विस्फोट हुँने गर्दछ ।

4f यस्तै  पृथ्वीको बरमूडा ट्रायंगल रहेको स्थानमा चुम्बकिए शक्ति भरपुर मात्रामा रहेको भन्ने गरिन्छ । जसले गर्दा कुनै पनि चिज यसको सामुन्ने जाँदा यो चुम्बकिए शक्तिले तानेर समुन्द्र भित्र हराउँने गरेको बताईन्छ ।  
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री