शुक्रबार, १६ चैत २०८०

गठबन्धन फेरिने हल्लामा सत्यता छैन : प्रधानमन्त्री

समयपोष्ट २०७३ फागुन २२ गते ६:५०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनाव अगाडी बर्तमान सत्ता गठबन्धन फेरिने हल्लामा सत्यता नरहेको प्रष्ट पारेका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ प्रधानमन्त्रीले भने,"गठबन्धन फेरिने बजार हल्ला पनि आएका छन्। तर, ती सत्य होइनन्।" उनले भने,"स्थानीय निर्वाचनका लागि सरकार सबै लचकता अपनाउन तयार छ। तर, निर्वाचन प्रभावित हुने कुरामा सहमति र लचकता हुँदैन।"

Advertisement

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको सम्भावना समेत तत्काल नरहेको बताउँदै उनले भने,"आजकै मितिमा राष्ट्रिय सहमतिको सरकार सम्भव छैन। स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुअघि अर्को कुनै सरकारको कल्पना गर्न सकिँदैन।"

प्रधानमन्त्रीले स्थानीय निर्वाचनका लागि आवश्यक न्युनतम कानुन बनाएरै मिति घोषणा गरिएकाले कानुन अभाव नहुँने बताए। विचाराधीन विधेयक संसद्ले चाडै पारित गर्ने बताउँदै प्रचण्डले भने "न्यूनतम आवश्यक तयारी गरेर नै निर्वाचनको मिति घोषणा गरिएको हो। ऐनहरु बनेका छन्। अरु केही ऐन पनि पारित गर्नुपर्नेछ। तर, त्यसले स्थानीय निर्वाचनलाई असर गर्दैन।"उनले भने,"संसद् खुल्ने बित्तिकै बाँकी ऐन पनि पारित हुन्छन्।"

प्रतिक्रिया

सम्बन्धित सामाग्री