शुक्रबार, १६ चैत २०८०

राष्ट्र बैंकको निर्देशन -बैंकहरुले एक अर्ब रुपैयाँ भन्दा माथिका कर्जा दिन नपाउने

समयपोष्ट २०७३ फागुन २० गते ८:५३

नेपाल राष्ट्र बैंकले बैंकहरुले एक अर्ब रुपैयाँ भन्दा माथिका कर्जा दिन नपाउने निर्देशन जारी गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकहरुले एक अर्ब रुपैयाँभन्दा माथिका कर्जा एक्लैले दिन नपाउने एक अर्बमाथिका कर्जा दिनु परे सामूहिक रुपमा मिलेर दिनु पर्ने निर्देशन जारी गरेको हो ।  

Advertisement

राष्ट्र बैंकको जारी निर्देशनमा 'एक अर्ब रुपैयाँभन्दामा वढि रकमको वहुबैंकिङ कर्जा लिएका ऋणीहरुको ऋण' सहवित्तीयकरणमा परिणत गर्नु पर्ने ब्यवस्था गरेको छ । यसअघि प्रयोग भएका ऋणहरु पनि २०७४ असार मसान्तभित्र सहवित्तीयकरणमा ल्याइसक्नु पर्छ।एक अर्बमाथिको ऋण चार महिनाभित्र सहवित्तीयकरण अन्तर्गत नल्याए नोक्शानी व्यवस्थापन गर्नु पर्ने व्यवस्था गरिएको छ। यस्तो ऋणलाई बैंकले सुक्ष्म निगरानी वर्गमा राख्नु पर्ने हुन्छ। सुक्ष्म निगरानी वर्गमा परेको ऋणको नोक्शानी व्यवस्थापन पाँच प्रतिशत गर्नु पर्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री