शनिबार, ८ वैशाख २०८१

सगरमाथा फाइनान्सलाई सेञ्चुरीले एक्वीजीशन गर्ने

समयपोष्ट २०७३ फागुन २० गते ८:४३

सगरमाथा फाइनान्सलाई सेञ्चुरी कमर्सियल बैंकले प्राप्ती गर्ने भएको छ । विहिवार  दुई संस्थाका अध्यक्षले एक्वीजीशनका लागि  हस्ताक्षर गरेका छन् । हकप्रद र अघिल्लो आर्थिक वर्षको मुनाफा वितरण गरी फाइनान्सले पूँजी ७८ करोड रुपैयाँ पुर्याएको छ ।  यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न सेञ्चुरी बैंकले सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ । बैंकसँग अहिले तीन अर्व ६८ करोड रुपैयाँको चुक्ता पुँजी रहेको छ भने तीन संस्था प्राप्तीबाट बैंकलाई  करिब एक अर्ब ५० करोड रुपैयाँ पूँजी थपिनेछ । एक्वीजीशनबाट डेढ अर्व रुपैयाँ थपिएपछि बैंकसँग पाँच अर्व १८ करोड रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

Advertisement

बैंकले नपुग हुने रकम हकप्रद शेयर जारी गरी साथै चालु आर्थिक वर्षको मुनाफाबाट बोनस वितरण गरेर पुर्याउने लक्ष्य लिएको छ ।

एक्वीजीशन गर्न लागिएको सगरमाथा फाइनान्सको १४ वटा (११ वटा सञ्चालनमा रहेको र ३ वटा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त) शाखा कार्यालय छन्। त्यसैगरी संस्थाले २०७३ पुस मसान्तमा पाँच करोड ६१ लाख रुपैयाँ खुद मुनाफा गरेको छ।

सेञ्चुरी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा संचालन मुनाफा ३२ करोड ७४ लाख तथा खुद मुनाफा २२ करोड ३९ लाख रुपैयाँ छ। बैंकले ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २९ अर्ब कर्जा प्रवाह गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री