शुक्रबार, १४ वैशाख २०८१

‘पत्रकारिता भाषामा सरलताको अभाव’

समयपोष्ट २०७३ फागुन १८ गते १३:०८

पत्रकारिताको भाषामा सरलताको अभाव हुन थालेको बताइएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ललितपुर उपमहानगरपालिकाको संयुक्त सहयोगमा बुधवार आयोजित पत्रकारिता तालिममा पत्रकारहरुले भाषालाई पनि महत्व दिनुपर्ने बताए । 
तालिममा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्माले समाचार मात्र कमी नभई भाषा पनि कमी हुन थालेको चर्चा गरे । श्रोत नै उल्लेख नगरी लाजमर्दो तरिकाले समाचारहरु कपी भइरहेको उनको भनाई छ । उनले अहिले पत्रकारहरुले मिहेनत गर्न छोडेको भन्दै दु:ख ब्यक्त गरे । ‘अनलाइनमा हालेको समाचार श्रोत नै नखुलाई हुबहु पत्रिकामा आउछ’ शर्माले भने ‘यो भन्दा लाजमर्दो अरु के हुन्छ ?’ अहिले समाचार लेख्ने पत्रकारहरुको कमी भएको चर्चा गर्दै पत्रकार महासंघले दक्ष पत्रकार उत्पादन गर्नुपर्ने बताए । 
ललितपुर उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरतमणी पाण्डेले स्थानीय निकायले जनस्तरमा गरिरहेका कामहरुको प्रभावका बारेमा खवरदारी गर्ने कामम मिडियाको प्रभावकारी भूमिका जरुरी रहेको चर्चा गरे । ‘हामीले गरिरहेका काम कहाँ के अपुग छन् तपाइहरुले आलोचनात्मक कुराहरु जनतामा ल्याइदिनुहोस’ उनले भने ‘यसले गर्दा हामीलाई प्रभावकारी ढंगले काम गर्न अझ सहज हुनेछ ।’ 
उनले मिडिया र पत्रकारहरुको लागि उप–महानगरपालिकाले सस्थागत रुपमा पत्रकार महासंघबाटै काम अगाडी बढाउने बताए । ‘हामी मिडिया र पत्रकारको लागि सहयोग गर्न चाहन्छौं, त्यो हाम्रो योजनामै रहेको छ’ उनले भने ‘त्यो सवै काम हामी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघबाटै गर्न चाहन्छौं ।’
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष लेखनाथ न्यौपानेले आफुहरुको पहिलो जोड आफ्ना सदस्य पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नु रहेको बताए । ‘हामी निर्वाचित भएर आएदेखी नै हामीले पत्रकारको क्षमता अभिबृद्धिलाई पहिलो एजेन्डा बनाएको थियौं’ उनले भने ‘पत्रकार आफनो पेशामा दक्ष हुने हो भने पत्रकारमाथिका आक्रमण कम गर्न सकिन्छ ।’ 
तालिममा भाषा विज्ञ शरदचन्द्र वस्ती, त्रिभुुवन विश्वविद्यालय पत्रकारिता विभागका उपप्राध्यापक श्रीराम पौडेल लगायतले प्रशिक्षण दिएका थिए । एकदिने सो तालिममा ललितपुरमा क्रियाशील ५५ जना पत्रकारहरु सहभागी थिए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री