
नेपाल सरकारले शिक्षा क्षेत्रलाई पूर्ण रूपमा दलीय राजनीतिबाट मुक्त राख्न महत्वपूर्ण निर्णय गरेको छ । अब विद्यालय तथा विश्वविद्यालयका हाताभित्र रहेका दलीय विद्यार्थी संगठनका सबै संरचनाहरू हटाइने भएको छ ।
सरकारले शुक्रबार स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मार्फत यो घोषणा गरेको हो । शैक्षिक संस्थाहरूमा राजनीतिक हस्तक्षेप अन्त्य गरी विद्यार्थीहरूको वास्तविक आवाज र हकहितलाई प्रतिनिधित्व गर्ने उद्देश्यले यो कदम चालिएको सरकारले जनाएको छ ।
सरकारको योजना अनुसार, अबको ६० दिनभित्र सबै शिक्षण संस्थाबाट दलीय आधारमा गठित विद्यार्थी संगठनका संरचनाहरू पूर्ण रूपमा हटाइनेछ । यसको सट्टामा विद्यार्थीहरूको भावना र आवश्यकतालाई सही रूपमा प्रतिनिधित्व गर्न ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता नयाँ, स्वतन्त्र र समावेशी संयन्त्रहरूको विकास गरिने भएको छ ।







प्रतिक्रिया