देउवाको बयान-मेरो निवासमा ठूलो परिमाणमा रकम भेटिएको भन्दै सार्वजनिक गरिएको भिडियो फेक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो घरमा ठुलो परिमाणको पैसा भेटिएको भन्दै सार्वजनिक भएको भिडियो फेक भएको जिकिर गरेका छन् ।

Advertisement

जाँचबुझ आयोगसँगको बयानमा देउवाले विवरण एआईबाट निर्मित भएको जिकिर गरेका हुन् ।

यस्तो छ देउवाको बयान

२०८२ भाद्र २३ गतेको दिन म बुढानीलकण्ठ वडा नं २ बासुकी मार्ग स्थित मेरो निजी निवासमा थिए र सो दिन बेलुका बालुवाटारमा पनि उपस्थित भई मैले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेर तत्कालीन प्रधानमन्त्रीले हटाउनु भएको थियो तर म कुनै औपचारिक बैठकमा सहभागी थिइन।

Advertisement

भदौ २४ गते बिहान १० बजे प्रदर्शनकारीहरू मेरो निजी निवासमा भेला भई नाराबाजी गर्दा सुरक्षाकर्मीले रोक्दा रोक्दै हामी माथि हातपात भयो र केही जियनजेडका युवाहरूले बचाए।

हामी राति २२:०० बजेतिर सुरक्षित स्थान पुग्यौ। नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा गरेको मुचुल्कामा मेरो निवासमा भेटिएको रकमबारे उल्लेख छ, ठुलो परिमाण थिएन।

सामाजिक सञ्जालको विवरण AI generated हुनुपर्छ। सो सम्बन्धमा कुनै प्रहरी कार्यालयमा रिपोर्ट गरेको थिएन। यो नितान्त षडयन्त्र हो तर कसले गर्‍यो थाहा भएन।

मेरो निवासमा भएको तोडफोड, आगजनी र लुटपाट सम्बन्धमा नेपाल प्रहरीले मुचुल्का लगायतका विवरण लगेको हो र कारबाही सम्बन्धमा जानकारी छैन। मैले राजनीतिक हस्तक्षेप, पक्षपात गरेको छैन र २३-२४ गतेको घटनामा प्रहरीले आङ्कलन गर्न नसकेकोमा राजनीतिक हस्तक्षेप भएको भन्नेमा म सहमत छैन।

लोकतन्त्रमा ट्रेड युनियन अधिकार हो र व्यवहारिक हकहितको लागि प्रयोग गर्न पाउनुपर्छ। विद्यार्थी सङ्गठन पनि बृहत्तर हितका लागि क्रियाशील हुनुपर्छ।

मुलुकमा गैर-राजनीतिक संस्था वा संयन्त्रमा राजनीतिकीकरण गरिनु हुँदैन। तोडफोड, लुटपाट, आगजनी गर्ने जो कोहीलाई कारबाही गर्नुपर्छ। देशमा युवाको भावना समेटेर नीतिगत, कानुनी र संस्थागत सुधार गर्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री