भत्कियो नेमकिपाको किल्ला : प्रेम सुवाल पराजित, रास्वपाका उम्मेदवार रुकेश रन्जित विजय

भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रन्जितले ऐतिहासिक विजय हासिल गर्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लामो समयदेखिको ‘किल्ला’ भत्काएका छन्।

रास्वपाका रुकेश रन्जितले ३३ हजार ४३६ मत प्राप्त गरेका छन् भने नेमकिपाका उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत ल्याए। यसरी रन्जित करिब ५ हजार २८९ मतान्तरले विजयी भएका हुन्।

Advertisement

नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले ४ हजार २८२ मत मात्रै प्राप्त गरेका छन्।

भक्तपुर-१ लाई नेमकिपाको परम्परागत गढ मानिन्थ्यो, जहाँ पार्टीले दशकौंदेखि निरन्तर जित हासिल गर्दै आएको थियो। यो पटकको निर्वाचनमा रास्वपाको उदयसँगै नेमकिपाको यो परम्परा तोडिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री