
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा जनधनको क्षति भएको भन्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेका छन्।
मिश्रले आन्दोलनकारीहरूलाई सर्वसाधारण र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोध गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्दोलन रोकिएको छैन। अहिलेलाई यत्ति भनेँ। हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन्।’







प्रतिक्रिया