
तीनकुने क्षेत्रमा राजावाद प्रदर्शनकारीले एउटा घरमा आगजनी र तोडफोड गरेका छन्। प्रदर्शनकारीले सुरुमा ढुंगामुढा गरेका थिए भने पछि आगो लगाएर क्षति पुर्याएका हुन्।
तीनकुनेस्थित रोयल बैंक्वेट नजिकैका दुईवटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन्। प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरका झ्यालका सिसा फुटेर छिया छिया भएका छन्।
प्रदर्शनकारीले घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको आरोप लगाउँदै घरभित्रबाट सामान बाहिर निकालेर जलाएका थिए।







प्रतिक्रिया