ललितपुरका यी स्थानमा आज बिद्युत आपूर्ति बन्द

नेपाल विद्युत् प्राधिकरणले आज ललितपुरका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार, पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने क्षेत्रहरूमा बिद्युत आपूर्ति अवरुद्ध हुनेछ।
प्राधिकरणका अनुसार, भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, झम्सिखेल र अरूण थापा चोक क्षेत्रमा आज दिउँसो १२ बजेदेखि २ बजेसम्म बिजुली कटौती गरिनेछ। यो कटौती पाटनको १३२ केभी सबस्टेशनमा प्राविधिक कार्यका लागि आवश्यक भएको प्राधिकरणले जनाएको छ।
बिजुली कटौतीका कारण ग्राहकहरूलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ। साथै, निर्धारित कार्य तोकिएको समयअगावै सम्पन्न गरी सकेसम्म चाँडो बिजुली आपूर्ति नियमित गर्ने प्रतिबद्धता पनि प्राधिकरणले व्यक्त गरेको छ।
अधिक जानकारीका लागि प्राधिकरणको सम्पर्क नम्बर वा आधिकारिक वेबसाइटमा सम्पर्क गर्न ग्राहकहरूलाई अनुरोध गरिएको छ।


























प्रतिक्रिया