
नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । आज सुन आईतबारको बजारमा कायम भएको मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।







प्रतिक्रिया