सार्वजनिक जग्गामा बनाउँदै गरिएको संरचना रोक्न जाँदा वडाध्यक्षमाथि रड प्रहार
समयपोष्ट
२०८१ चैत २ गते १३:३१
सार्वजनिक जग्गामा बनाउँदै गरिएको संरचना रोक्न पुगेका पोखरा महानगरपालिका- २१ का वडाध्यक्ष दिपक सुवेदीमाथि रड प्रहार भएको छ ।
आइतबार वडाध्यक्ष सुवेदीमाथि बाझिपोखरीका भूपेन्द्र गिरीले रड रड प्रहार गरेका हुन् । वडाध्यक्ष सुवेदीले भने,‘सार्वजनिक जग्गामा संरचना नबनाउन हामीले धेरैपटक आग्रह गरियो । तर, रातारात संरचना बनाउने काम भयो । त्यसलाई रोक्न नगरप्रहरीसहित त्यहाँ पुगेका थियौं । कुरा गर्ने क्रममा उहाँले रड प्रहार गर्नुभयो।’
वडाध्यक्ष र उनीसँग गएका एकजनाले प्रतिरोध गरेकाले रडले भने लाग्न पाएन । अहिले यही विषयमा छलफल गर्न वडा समिति र सर्वपक्षीय बैठक डाकिएको सुवेदीले बताए ।
पोखराका मेयर धनराज आचार्यले यो घटनाको निन्दा गरेका छन् ।
प्रतिक्रिया