मंगलबार, २४ असार २०८२

दक्षिण कोरियाली गायक आफ्नै घरमा फेला

समयपोष्ट २०८१ फागुन २७ गते १२:१५

Advertisement

दक्षिण कोरियाली चर्चित गायक विसङ मृत अवस्थामा भेटिएका छन्। सोलस्थित आफ्नै घरमा सोमबार उनी मृत फेला परेका हुन्। ४३ वर्षीय विसङको कार्डियाक अरेस्टका कारण मृत्यु भएको र उनी अचेत अवस्थामा भेटिनुभन्दा निकै समयअघि नै निधन भइसकेको प्रारम्भिक अनुमान गरिएको छ।

विसङको वास्तविक नाम चोई वि–सङ हो। उनले सन् २००२ मा संगीत क्षेत्रमा डेब्यू गरेका थिए। आफ्नो विशिष्ट आवाजका कारण डेब्यू गर्ने बित्तिकै उनी निकै चर्चित बनेका थिए। सन् २००० को दशकमा उनी दक्षिण कोरियामा अत्यन्त लोकप्रिय थिए र आरएन्डबी संगीतलाई चर्चित बनाएको श्रेय उनैलाई दिइन्छ।

वर्षौंसम्म विसङले आफूलाई के–पप स्टारहरूका लागि मेन्टर र भोकल कोचको रूपमा स्थापित गरेका थिए। केही कलाकारका लागि उनले गीतसमेत लेखिदिएका थिए। यही सप्ताहन्तमा दाएगु शहरमा गायक केसीएमसँग उनको कन्सर्ट हुने तयारी थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री