शनिबार, १५ वैशाख २०८१

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

समयपोष्ट २०८० चैत १५ गते १७:५५

Advertisement

खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने बताउनुभएको छ ।

सहिदभूमि गाउँपालिका–४ स्थित कन्यदेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उहाँले व्यावसायिक शिक्षाका लागि विद्यालयको पूर्वाधार निर्माण आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षालाई आर्थिक विकासको गतिविधिसँग जोड्न गुणस्तरीय र व्यावसायिक शिक्षा आवश्यक पर्ने भएकाले सरकारको प्राथमिकतामा रहको बताउनुभयो ।

कोशी प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार महत्त्वपुर्ण हुने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रको विकास शैक्षिक सुधारबाट मात्र सम्भव रहेकामा जोड दिनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु ६७ लाखको लागतमा उक्त भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष मनोज राईले बताउनुभयो । यस विद्यालयमा दुई सय ६८ विद्यार्थी अध्ययनरत छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री