आइतबार, २३ वैशाख २०८१

गल्फ कोर्समा ड्राइभिङ रेन्ज र पार्किङस्थल निर्माण

समयपोष्ट २०८० फागुन ३० गते १७:४४

Advertisement

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको गल्फ कोर्षमा ‘ड्राइभिङ रेन्ज र पार्किङस्थल’ निर्माण गरिएको छ ।

धरान गल्फ क्लब र नेपाली सेनाको काली शक्ति इन्जिनियरिङ गणको सहकार्यमा निर्माण गरिएको ड्राइभिङ रेन्ज र पार्किङको बुधवार नेपाली सेनाको पूर्वी पृतनापति उपरथी डा. आश बहादुर तामाङले उद्घाटन गर्नुभयो । नेपाली सेनालाई जनतासँग जोड्ने नीति अनुरुप ड्राइभिङ रेन्ज र पार्किङ निर्माण गरिएको बताउँदै पृतनापति डा.तामाङले भन्नुभयो, “शारीरिक तथा मानसिक तनाव कम गर्नका लागि पनि खेलकुदमा लाग्नुपर्छ ।”

उहाँले आगामी दिनमा पनि खेलकुद क्षेत्रमा यसरी नै नेपाली सेनाले सहयोग र सहकार्य गर्ने बताउँदै ड्राइभिङ सीप पनि प्रस्तुत गर्नु भएको थियो । गल्फ कोर्सभित्र आठ लेनको ड्राइभिङ रेन्ज, कार पार्किङ र स्टोरको निर्माण गरिएको क्लबका उपाध्यक्ष हरि राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री