शनिबार, १५ वैशाख २०८१

दि ओरियन्टल इन्स्योरेन्सद्धारा जाजरकोट भूकम्प पिडित तथा स्कूललाई आर्थिक सहयोग

समयपोष्ट २०८० फागुन २४ गते २२:१२

Advertisement

दि ओरियन्टल इंन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत २० लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । जसमध्ये रु.१० लाख जाजरकोट भूकम्प पिडितको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा र रु.१० लाख स्कुले विद्यार्थीका लागि समता शैक्षिक गुठीमा प्रदान गरिएको छ ।

कम्पनीको केन्द्रिय कार्यालय नयां दिल्ली भारतवाट नेपाल आउनुभएका कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक आर.आर.सिंह तथा भम्रण टोलीमा संलग्न महाप्रवन्धक रेखा मोहन्ती ठाकुर र कम्पनीका नेपाल स्थित कार्यालयका प्रमूख कार्यकारी अधिकृत टी. चक्रवर्तीले उक्त रकम बराबरका चेकहरु हस्तान्तरण गर्नू भएको थियो ।

भ्रमणका क्रममा अध्यक्ष तथा प्रवन्ध निर्देशक आर. आर. सिंहले कपनीको नयाँ प्रडक्ट यूवा लक्षित बिमालेख ‘”Oriental Youth Eco Care policy” को बिक्री शूभारम्भ पनि गर्नू भएको थियो ।

कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक लगायत उच्च पदस्त पदाधिकारीहरुले फाल्गुन २२ देखि फाल्गुन २४ सम्म नेपाल कार्यालयको भ्रमण गर्नुभएको थियो । नेपालमा बीमा व्यवसायको विकास, विस्तार तथा सामाजिक उत्तरदायित्वमा योगदान प्रदान गर्ने उद्येश्यले उहाँहरु नेपाल भ्रमणमा आउनु भएको कम्पनीका म्यानेजर सुर्य कृष्ण मान्धरले जानकारी दिनुभयो ।

दि ओरियन्टल इंन्स्योरेन्स कम्पनी लिमिटेड, नयां दिल्लीको शाखा कार्यालयको रुपमा नेपालमा बि.स. २०२४ मा स्थापना भएको हो । कम्पनीले नेपालमा शाखा बिस्तार गरेदेखि स्थानिय आवश्यकता अनुसार सम्पत्ती, मोटर, मेरिन, ईन्जिनियरिङ, ब्यक्तिगत दुर्घटना, स्बास्थ्य बीमा लगायत ठुलठुला उद्योग, कलकारखाना पुल, जलविद्युत जस्ता संरचनाको प्रत्यक्ष बीमा गर्दै आएको छ । साथै कम्पनीले नेपाल स्थित स्थानिय बीमा कम्पनीहरु तथा पूनर्बीमामा समेत सहकार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री