शुक्रबार, ७ वैशाख २०८१

डिशहोमले आईपी टिभीमा आईपीएल देखाउने

समयपोष्ट २०७९ चैत १७ गते १३:५१

Advertisement

डिश मिडिया नेटवर्कले आजदेखि भारतमा सुरु हुने इण्डियन प्रिमियर लिग आईपीएल आईपी टिभीमा देखाउने भएको छ।

नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV, DTH र Terrestrial (T2) भन्दा फरक प्रविधी इन्टरनेट प्रोटोकलमा आधारित भएको कारण यो आईपी टिभीमा एचडि क्वालिटीमा आईपीएल हेर्न सकिने डिश होमले जनाएको छ।

यस्तै अर्न्तराष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सकिने डिश होमले जनाएको छ। डिशहोमक अनुसार लाईभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्लुसिभ सिरियल भाग्य सिदुरको र आनन्दी संगै अन्य सेवा प्रदायकको मा उपलब्ध नभएको शर्ट्स टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका एक्सक्लुसिभ च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वढि विभिन्न कन्टेन्टहरु, भिडियो अँ डिमाण्ड, क्याच अप टिभी, स्टार्टओभर टिभी, युट्युब, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको छ ।

कम्पनीका अनुसार इन्टरनेट प्रोटोकल (आईपी) नेटवर्क मार्फत टेलिभिजन सिग्नल प्राप्त हुनेभएकोले यो सेवा लिनको लागि इन्टरनेट कनेक्सन हुन जरुरी हुन्छ । ग्राहकहरुले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर डिशहोम फाईबर नेट जडान गरि नेपालको पहिलो प्रिमियम आईपी टिभी DHITV मा एक्सक्लुसिभ, प्रिमियम, एचडि टिभी च्यानल हरुको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री