शुक्रबार, १६ चैत २०८०

भारतद्धारा हालसम्मकै ठूलो रकेट एलभीएम–३ प्रक्षेपण

समयपोष्ट २०७९ चैत १३ गते ९:५८

Advertisement

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले हालसम्मकै ठूलो रकेट एलभीएम–३ प्रक्षेपण गरेको छ ।

आइतवार प्रक्षेपण गरिएको रकेटमार्फत भारतले एकसाथ ३६ वटा भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको हो ।

आइतवार बिहान ९ बजेको समयमा आन्ध्र प्रदेशको श्रीहरीकोटाको सतिस धवन अन्तरिक्ष स्टेसनबाट ४३ दशमलव ५ मिटर लामो रकेटको प्रक्षेपण गरिएको हो ।

यो रकेटले ५ हजार ८०५ केजीको ३६ भू–उपग्रह ४५० किलोमिटरमाथि रहेको पृथ्वीको तल्लो कक्षमा छाडिने जनाइएको छ ।

यो मिसनलाई एलभीएम–३/वान वेब इण्डिया-२ नाम दिइएको छ। एलभीएम–३ बाट चन्द्रयान-२ मिसन सहित लगातार पाँच सफल मिशनहरू प्रक्षेपण गरिएको छ। यो यसको छैटौं सफल उडान हो।

यो वान वेबको लागि इसरोको वाणिज्य इकाई न्यु स्पेश इण्डिया लिमिटेड (एनएसआइएल) को दोस्रो मिशन थियो।

इसरोले सोमबार ट्वीट गरेर एलभीएम–३/वान वेब इण्डिया-२ मिशनको प्रक्षेपणको बारेमा जानकारी दिएको छ ।

यदि यो प्रक्षेपण सफल भयो भने, वान वेब इण्डिया-२ ले अन्तरिक्षमा ६ सय भन्दा बढी तल्लो पृथ्वीको कक्षीय उपग्रहहरूको नक्षत्र पूरा गर्नेछ। यसले विश्वको हरेक कुनामा अन्तरिक्षमा आधारित ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने योजनामा ​​मद्दत गर्नेछ ।

नेटवर्क यक्सिस एसोसियटेड लिमिटेड अर्थात वान वेब बेलायतमा आधारित सञ्चार कम्पनी हो। यसमा बेलायती सरकार, भारतको भारती इन्टरप्राइजेज, फ्रान्सको युटेलस्याट, जापानको सफ्टबैंक, अमेरिकाको ह्युजेस नेटवर्क र दक्षिण कोरियाको रक्षा कम्पनी हान्वाको स्वामित्व रहेको छ। यो उपग्रह आधारित सेवा प्रदान गर्ने संचार कम्पनी हो। यसको मुख्यालय लन्डनमा छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री