शुक्रबार, ७ वैशाख २०८१

नेपालमा विदेशी व्यक्तिको बसोबासले पहाड ताक्दै

आजका पत्रपत्रिका २०७९ चैत ११ गते ६:५७

Advertisement

नेपालमा विदेशी व्यक्तिको बसोबासले पहाड ताक्दै गरेको यस जनगणनाको तथ्याङ्कले देखाएको छ । स्वदेशी जनसङ्ख्याले पहाड छाडेर तराई ताक्दै गर्दा विदेशीको आकर्षण पहाडको स्वच्छ हावापानीतर्फ उन्मुख देखिएको हो ।

छिमेकी मुलुक भारतसँग सिमाना जोडिएका हिसाबले तराई भेगमा बढी भारतीय मूलका विदेशी हुनु स्वाभाविक हो । तर पहाडी भेगमा पनि भारतीयलगायतका विदेशी नागरिकको आकर्षण बढेको तथ्य राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रस्तुत गरेको छ । भौगोलिक सिमाना जोडिएको छिमेकी मुलुक चीन र भारतसँगै तेस्रो मुलुकका बासिन्दाको ठूलो सङ्ख्या पहाड उक्लँदै गरेको तथ्यले प्रस्ट पार्छ । भौगोलिक विभाजनअनुसार कुल विदेशी नागरिकमध्ये तराई भेगमा ०.४८ र पहाडमा ०.४७ प्रतिशत भारतीय नागरिक पुगेका छन् । सङ्ख्यात्मक रूपमा हेर्दा पहाडमा ५४ हजार ८३९ जना भारतीय नागरिक फेला परेका छन् । तराईमा ७५ हजार ८२३ जना भारतीय नागरिकको बसोबास भेटिएको छ ।

त्यस्तै हिमाली भेगमा ०.१२ प्रतिशत भारतीय नागरिक अर्थात् दुई हजार ११९ जना रहेका छन् । चिनियाँ नागरिकको पहुँच हिमालबाट पहाडतिर उन्मुख देखिन्छ । जसअनुसार हिमाली भेगमा ०.०२ अर्थात् २७७ जना र पहाडमा ०.०१ प्रतिशत अर्थात् एक हजार ४१६ जना चिनियाँ नागरिक भेटिएका छन् । तराईमा पनि पछिल्लो समय १८९ जना चिनियाँ नागरिकको उपस्थिति पाइएको छ । तेस्रो मुलुकका एक हजार ६२९ जना पहाडमा रहेको भेटिएको छ । देश नखुलेका विदेशीको पहुँच पनि पहाडमा बढेको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री