शनिबार, १५ वैशाख २०८१

विद्यार्थीहरुले सम्भावनाको खोजी गर्नुपर्छ : राज्यमन्त्री ठकुरी

समयपोष्ट २०७९ चैत ९ गते ११:१६

Advertisement

विद्यार्थीहरुले स्वदेशमा सम्भावनाको खोजी गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपाली ठकुरीले बताउनुभएको छ।

आज काठमाडौमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउन्डेशनको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै दिक्षित विद्यार्थीहरु देशको कर्णधार भएकाले विद्यार्थीहरुले देखेको भिजन र मिशनको सम्भावना स्वदेशमा खोजी गर्नुपर्ने बताउनुभयो ।

एसिया प्यासिफिक युनिभर्सिटी अफ टेकनोलोजी एण्ड इनोभेषन, मलेशियाका प्रमुख अपरेटिङ अफिसर गुरपरदिप सिंहले संसार निरन्तर परिवर्तन भएकाले भविष्यमा थप जटिल चुनौतीहरुलाई सामना गर्नुपर्ने बताउनुभयो। लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलानले दिक्षान्त समारोहलाई सम्बोधन गर्दै पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने श्रमिकको संख्या बढेकाले सिपमुलक जनशक्ति उत्पादन गरी विदेश पठाउन सकेमा रेमिटयान्स बढ्ने बताउनुभयो। पर्यटन क्षेत्रमा प्रविधिको महत्व र धार्मिकस्थललाई भर्चुअल टुरहरु माफर्त सुचना प्रविधिको प्रयोग गरेर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सकिने उहाले बताउनुभयो।

त्यस्तै, लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका कार्यकारी निर्देशक प्रकाश कुमार केज्रीवालले दिक्षित विद्यार्थीहरुलाई सम्बोधन गर्दै उदेश्य ठूलो राख्दा आफनो पेशामा सदैव प्रगति तर्फ जाने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले स्नातक तह अध्ययनरत विद्यार्थीहरुलाई रोजगार सृजना गरी आत्मनिर्भर गराउन निजी क्षेत्र सदैव तत्पर रहेको बताउनुभयो।

आज दिक्षान्त समारोहमा सन २०२२ मा स्नातक तह उत्तीर्ण गरेका सुचना प्रविधिका ४९, स्नातकोत्तर तह एम।बि।ए।का १९, एम।एस।सी। सुचना प्रविधि व्यवस्थापन ४९ गरी कुल १ सय १७ जना विद्यार्थीहरु दीक्षित भएका छन्। एसिया प्यासिफिक विश्वविद्यालय अफ टेक्नोलोजी एण्ड इनोभेषनबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउन्डेशन नेपालको पहिलो सुचना प्रविधि कलेज हो।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री