शुक्रबार, ७ वैशाख २०८१

एनओजी काठमाडौँ च्याप्टर राइड सम्पन्न

समयपोष्ट २०७९ चैत ६ गते १७:२७

Advertisement

टिभिएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नक्साल शोरुमदेखि नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट) सम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

शनिबार आयोजना भएकोराइड नक्साल शोरुमबाट शुरु भएर नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट) सम्म पुगेर समापन भएको थियो ।

उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री