शुक्रबार, ७ वैशाख २०८१

अशोक लेल्यान्डको गाडी किन्न एभरेष्ट बैंकले ऋण दिने

समयपोष्ट २०७९ चैत ५ गते १८:४६

Advertisement

आइएमई मोटर्सले बिक्री गर्ने अशोक लेल्यान्डको गाडी किन्न एभरेष्ट बैंकले ऋण दिने भएको छ।

अशोक लेल्यान्डको आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतामा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा एभरेष्टको कुनै पनि शाखाबाट ग्राहकले ऋण लिन सक्नेछन्।

ग्राहकहरुको चाहना अनुसार अशोक लेल्यान्डका सवारी साधन किन्नका लागि बैंकले अधिकतम ७ वर्ष सम्मका लागि करिव १४ प्रतिशत सम्मको ब्याजदरमा गाडी कर्जा दिनेछ। कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकको नीति निर्देशन अन्तर्गत रहेर सो कर्जा उपलब्ध हुने बैंकको भनाइ छ।

नेपालको कमर्सियल सवारी साधन बजारमा अशोक लेल्यान्डको बलियो उपस्थिति छ। देशभर शोरुम तथा सर्भिसिङ सहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको छ।

हाल अशोक लेल्यान्ड नेपालको दोस्रो ठूलो कमर्सियल भेइकल ब्रान्ड बनेको कम्पनीको दावी छ। हालै कम्पनीले प्रसिद्ध लाइट कमर्सियल भेइकल ‘दोस्त’ का लागि ५ वर्षे वारेन्टी घोषणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री