
सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
सुनको मूल्य आज तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ ।
आइतबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ ।







प्रतिक्रिया