शनिबार, ५ जेठ २०८१

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँट

समयपोष्ट २०७९ फागुन २८ गते ११:४७

Advertisement

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल १५ लाख ३८ हजार ४ सय ६६ जनाले १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये २ हजार २ सय ३ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या १५ लाख ३६ हजार २ सय ६३ जना कायम रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढिको आवेदन परेकोले योग्य रहेका १५ लाख ३६ हजार २ सय ६३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको छ ।

Advertisement

जसमा १६ हजार ९ सय ७६ जनाले मात्र शेयर पाएका छन् ।

शेयर पाएका १६ हजार ९ सय ७६ जना मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री