बिहीबार, ३ जेठ २०८१

एनएमबि क्यापिटल एशियन हाइड्रोको सेयर रजिष्ट्रार चयन

समयपोष्ट २०७९ फागुन २१ गते १०:३८

Advertisement

एनएमबि क्यापिटल एशियन हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रार चयन भएको छ ।

यस सँगै अब एशियन हाइड्रोको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु एनएमबि क्यापिटलले गर्ने छ।

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आईपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएपछि किनबेच गर्न सकिनेछ ।

यस कम्पनीले इलाममा ६.२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ कार्तिक १५ देखि व्यापारिक उत्पादन गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री