शुक्रबार, ४ जेठ २०८१

इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर : इसेवाको एप्समार्फत स्क्यान गरी भुक्तानी गर्दा आइफोन १४ जित्ने अवसर

समयपोष्ट २०७९ फागुन १८ गते १४:३४

Advertisement

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘स्कयान टु विन अफर’ सञ्चालनमा ल्याएको छ ।

यस अफर अन्तरगत इसेवाको मोबाईल एप्स् मार्फत क्यूआर स्क्यान एण्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस अफरमा हरेक हप्ता एक जनाले रेडमी वाच २ लाइट प्राप्त गर्न सक्नेछन् । साथै १० जनाले एक हजारसम्मको पूर्ण क्यासब्याक सेवा प्राप्त गर्न सक्नेछन् । यस उपहार योजनामा सहभागि हुनको लागि इसेवा मोबाईल एप्स मार्फत क्यूआर स्क्यान पे गर्नुपर्नेछ । साप्ताहित पूर्ण कारोबार क्यासब्याक फिर्ता हुने १० जनाले हरेक बिहीबार ४८ घण्टा भित्र सोही रकम प्राप्त गर्न सक्नेछन् । यसैगरी रेडमी वाच २ लाईट स्मार्ट वाचका विजेताको पनि हरेक विहिवार घोषणा गरिने्छ । यसैगरी ग्राण्ड प्राइज विजेता अभियान सकिएको एक हप्ताभित्र घोषणा गरिनेछ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

Advertisement

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल एक लाख ८५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री